साउनबाट कर्मचारीले पेन्सन नपाउने, वृद्धभत्ता बढेन! बजेटमा अरु के-के छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
साउनबाट कर्मचारीले पेन्सन नपाउने, वृद्धभत्ता बढेन! बजेटमा अरु के-के छ ?

सारांश

  • काठमाडौँ, १५ जेठ ।
  • सरकारले आगामी साउनबाट नियुक्त निजामति कर्मचारीलाई पेन्सन नदिने भएको छ ।
  • संघीय सरकारको आर्थिक बर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.

काठमाडौँ, १५ जेठ । सरकारले आगामी साउनबाट नियुक्त निजामति कर्मचारीलाई पेन्सन नदिने भएको छ ।

संघीय सरकारको आर्थिक बर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी साउनबाट नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन नदिने घोषणा गरेका हुन् ।

बजेटमा अरु के-के छ ?

सबै प्रदेशमा एक रंगशाला बनाइने ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममा २५ करोड ५६ लाख विनियोजन ।

७० बर्ष माथिका १ लाखसम्मको जीवन बिमा गरिने ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि

विश्वविद्यालय अनुदान आयोगलाई १४ करोड विनियोजन ।

मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान खोलिने ।

सञ्चित जमीनलाई घडेरी बनाउन नपाइने ।

इजाजत प्राप्त कम्पनीबाट मात्र घरजग्गाको कारोबार गर्न पाइने ।

साना किसानको कर्जा मिनाहा ।

काभ्रेमा वैकल्पिक आन्तरिक बिमानस्थल निर्माण गरिने ।

प्रधानमन्त्री बेरोजगार कार्यक्रम घोषणा, शैक्षिक प्रमाणपत्रको आधारमा कम ब्याजमा ऋणको ब्यवस्था ।

आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक हुँदै : बजेटका प्राथमिकता सबल नागरिकलाई काम र रोजगारीको क्षेत्र पहिचान गर्ने, प्रदेश र स्थानीय तहको
 
अधिकार क्षेत्रको आयोजना उनीहरुले नै कार्यान्वयन गर्नेगरी हस्तान्तरण गर्ने, रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जान नदिन विशेष कार्यक्रम,
 
समान कामका लागि समान ज्याला लागू गरिने, शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याजदरमा ७ लाखसम्म ऋण दिने, प्रदेश र स्थानीय तहले
 
पहिचान गरी सञ्चालन गर्न विशेष अनुदान दिन २० अर्ब, वित्तीय समानिकरणका लागि १ खर्ब ३५ अर्ब, सबै प्रदेशमा श्रम स्वीकृति दिने कार्यालय स्थापना
 
गरिने, सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर, स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने, अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड सञ्चालन गरिने,
 
सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सुकको सेवा अनिवार्य, आयुर्वे्दिक विश्वविद्यालयका लागि १० करोड रुपैयाँ, मानवीय विकास सूचकारुक भन्दा
 
कमजोर रहेको जिल्लामा ५ कक्षासम्म दिवा खाजा, २ वर्षभरीमा साक्षर नेपाल घोषणा गरिने, ग्रामीण दूरसुञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा
 
इन्टरनेट सेवा दिइने, शिक्षाा विज्ञान प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब बिनियोजन, मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गरिने,
 
विश्वविद्यालय अनुदानमा १४ अर्ब विनियोजन, महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख बजेट, प्रत्येक प्रदेशमा १ जेष्ठ नागरिक आरोग्य
 
आश्रम स्थापना गरिने, दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्दारका लागि एयर एम्बुलेन्स उपलब्ध गराइने, सामाजिक सुरक्षामा रहेका कुनै पनि
 
व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिने, ७० वर्षभन्दा माथिका १ लाखसम्मको स्वास्थ्य विमा गरिने, सातैवटा प्रदेशमा नमुना कृषि फार्म बनाइने, सबै
 
स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने, कृषि पशुपालन र माछापालन विमाको ७५ प्रतिशत प्रिमियम सरकारले तिर्ने, कृषि औजार कारखाना
 
स्थापना गरिने, कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने, साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा, २ वर्ष्भित्र
 
जग्गाधनीपूर्जा विद्युतीय बनाइने, भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गर्ने, प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक
 
विषादी प्रयोगशाला स्थापना, कृषि औजार कारखाना स्थापना गरिने, २६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने, बाँकीलाई २ वर्षभित्र
 
दिने, बृद्धि भत्ता बढेन, इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने ।

बजेट भाषण अहिले संसदमा जारी छ ।

(stomadentlab.com)

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Pushpa Raj Bhatt

    Stable communist sarakar le birdhi gareko mahagi bhata 2000

    Comment Author

    Bp Khanal

    Afu khane arulai Nadine yahi ho sarkar ko kam

    Comment Author

    Prakashh Sah

    Yo sardar pani pujibadi jastai Bhayo

    Comment Author

    Naina Gurung

    Good thanku

    Comment Author

    Gobinda Shrestha

    हैन हाे फेरि केग्रनु लाग्याे त सरकारले ह

    Comment Author

    Sarala Khadka Dahal

    अनि चुनावताका त तत्कालिन एमाले उर्फ नेकपाको चुनावी नारा त वृदॢभत्ता 10हजार की 20 हजार भन्ने सुनिन्थ्यो चुनाव जित्ने नारा पो रैछ…hahaha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?