सरकारले डा. केसीसँग वार्ता गर्दैन : खगराज अधिकारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सरकारले डा. केसीसँग वार्ता गर्दैन : खगराज अधिकारी

सारांश

  • माघ १३, काठमाण्डौ ।
  • सत्तारुढ दल नेकपाका नेता खगराज अधिकारीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले धेरै परिवर्तन ल्याउने दावी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै अधिकारीले अब नेपालबाट मडिकल शिक्षा क्षेत्रका माफिया तह लाग्ने जिकिर गरे ।

माघ १३, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता खगराज अधिकारीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले धेरै परिवर्तन ल्याउने दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै अधिकारीले अब नेपालबाट मडिकल शिक्षा क्षेत्रका माफिया तह लाग्ने जिकिर गरे ।

विधेयक पारित भएपछि डा. केसीले प्रधानमन्त्री केपी ओलीले खाने गरेको औषधिको बारेमा गरेको टिप्पणीप्रति अधिकारीले आक्रोष व्यक्त गरे ।

आफूहरुले डा. केसीको जीवन रक्षाका लागि नै इलामबाट काठमाण्डौ ल्याएको उल्लेख गर्दै अधिकारीले अब केसीसँग वार्ताको सम्भावना नरहेको बताए ।

डा. केसीले चिकित्सा शिक्षा क्षेत्रबाहेकका अरु माग पनि अघि सारेकाले वार्ताको सम्भावना नरहेको अधिकारीले बताए । द्वन्द्वकाललिन घटना र निर्मला पन्त प्रकरणको विषयमा केसीले राखेका मागका कारण केसीसँग वार्ता गर्न नसकिने बताए ।

मार्सी चामलको भात खाएकै भरमा केसीको विरुद्धमा सरकार लागेको हो भन्ने धमलाको प्रश्नमा पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले भने–“हामी गरिब हौँ, हामीले खाने भनेको मार्सी चामल नै हो । धनीले जेठोबुढो खालान् ।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग भने सहमति र छलफल गरिने अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?