लकडाउन जेठ २० गतेसम्म थपियो
सारांश
- आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ ।
- सरकारले यसअघि भोलि अर्थात जेठ ५ गतेसम्म लकडाउन जारी गरेको थियो ।
- आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिाषद बेठकले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको एक मन्त्रीले जनाए ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ । सरकारले यसअघि भोलि अर्थात जेठ ५ गतेसम्म लकडाउन जारी गरेको थियो । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिाषद बेठकले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको एक मन्त्रीले जनाए ।
प्रदेश १ बाट थपिए ३ जना कोरोना संक्रमित
काठमाडौँ ४ जेठ । थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेट अनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो । उनीहरु तीनै जना प्रदेश नम्बर एकका हुन् । उनीहरुमध्ये दुई जना मोरंग र एक जना धनकुटाका हुन् ।
आइतबार थपिएका तीन जना कोरोना संक्रमित मध्ये एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ । बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन् । उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् । अहिले थपिएका ३ सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा नै रहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया