इमेल, फेसबुक, ट्वीटर, एसएमएसबाट अपराध गर्ने बढे
सारांश
- काठमाडौँ, १७ जेठ – काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना दिनानुदन बढ्दोरुपमा देखिएका छन् ।
- प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो ।
- महानगरीय अपराध महाशाखामा चालु आर्थिक वर्षको १० महिनामा एक हजार १ सय ७६ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् ।
काठमाडौँ, १७ जेठ – काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना दिनानुदन बढ्दोरुपमा देखिएका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो ।
महानगरीय अपराध महाशाखामा चालु आर्थिक वर्षको १० महिनामा एक हजार १ सय ७६ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् । सामाजिक सञ्जाल फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् ।
साइबर अपराधमध्ये १० महिनामा ५४ जनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।
‘सामाजिक सञ्जालमा ३७, अरु व्यक्तिको पासपार्ट ह्याकिङ गर्ने दुई, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने ११, एसएमएस गरेर चिट्टा पर्यो भनेर ठगी गर्ने तीन र युट्युबमा अनावश्यक कुरा राखेर चरित्र हत्या गर्ने दुईजनालाई मुद्दा चलाएका छौँ,’ उनले भने ।
प्रतिक्रिया