राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
राजनीतिक दलको घरदैलोसँगै मतदाता शिक्षा

सारांश

  • बैतडी, २० जेठ ।
  • बदर मतको सङ्ख्या कम गराउन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएका छन् ।
  • पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणका निर्वाचन हुने जिल्लामा दलका कार्यकर्ता आफैँ बदर मत घटाउन अग्रसर भएका हुन् ।

बैतडी, २० जेठ । बदर मतको सङ्ख्या कम गराउन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएका छन् ।

पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणका निर्वाचन हुने जिल्लामा दलका कार्यकर्ता आफैँ बदर मत घटाउन अग्रसर भएका हुन् ।

घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि दिइरहेको नेपाली काँग्रेसका जिल्ला सचिव वीरबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सकेसम्म मत बदर नहोस् भनेर लागेका छौँ ।” विष्टका अनुसार विभिन्न वडामा नमुना स्वास्तिक छाप र मतपत्रसहित अहिले पार्टीले मतदाता शिक्षा पनि दिइरहेको छ ।

नेकपा (एमाले)का जिल्ला सचिव लीलाधर भट्टले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसँगै मतदाता शिक्षामा पनि जोड दिएको बताउनुभयो । पहिलो चरणको निर्वाचनबाट पाठ सिकेकाले अहिले पहिलो प्राथमिकताका साथमा मतदाता शिक्षालाई घरदैलो सम्म पुराउन सबै तहका प्रचारप्रसार समितिलाई निर्देशन दिइएको छ । उहाँले भन्नुभयो, “सकेसम्म जिल्लामा मत बदर कम गर्न एमाले लागि परेकोछ ।”

नेकपा (माओवादी केन्द्र)का संयोजक पे्रमप्रकाश भट्ट पनि आफूहरु निर्वाचन प्रचारसँगै मतदाता शिक्षामा क्रियाशील रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरदैलोमा गएका कार्यकर्ताले मतदातालाई मत बदर नगर्न सिकाइरहेका छन् ।”

त्यसैगरी जिल्ला निर्वाचन कार्यालयले पनि मतदाता शिक्षालाई जोड दिएको छ । मतसङ्केत कसरी गर्ने, कसरी बदर कम गर्ने विषयमा सचेतनामूलक काम जेठ ५ गतेदेखि भइरहेको कार्यालयका प्रमुख माधवप्रसाद फुयाँलले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?