भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !

सारांश

  • काठमाडाै, १८ जेठ ।
  • भारतमा स्टक रहेका, पूराना एवं गुणस्तरहीन सामग्रीहरु नेपालका बजारमा प्रतिष्पर्धात्मक रुपमा बिक्रि हुनु विडम्बनाको पक्ष बनेको छ ।
  • भारत नयाँ प्रविधि र उत्पादनमा लम्किरहेपनि नेपाल भने भारतले हटाउन थालेको साधनहरुमा नै अझै पनि रमाउदै आएको छ ।

काठमाडाै, १८ जेठ । भारतमा स्टक रहेका, पूराना एवं गुणस्तरहीन सामग्रीहरु नेपालका बजारमा प्रतिष्पर्धात्मक रुपमा बिक्रि हुनु विडम्बनाको पक्ष बनेको छ ।

भारत नयाँ प्रविधि र उत्पादनमा लम्किरहेपनि नेपाल भने भारतले हटाउन थालेको साधनहरुमा नै अझै पनि रमाउदै आएको छ ।

छिमेकी राष्ट्र भारतले मुलुकबाटै यूरो–३ मापदण्डका सवारी साधनहरु हटाउने निर्णय लिएको छ । तीव्र गतिमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न आगामी अप्रिलबाट भारतले यस्तो निर्णय लिएको हो।
तर, भारतसँग सीमा जोडिएको नेपालमा भने भारतमा निषेध गरिएका युरो–३ मापदण्डका सवारीसाधनहरु भित्रिन थालेका छन् ।

भारतस्थित सर्वोच्च अदालतले युरो–३ मापदण्डका गाडी बिक्री तथा दर्तामा समेत रोक लगाएपछि यस्ता गाडीको उत्पादन पनि बन्द भएको छ । युरो–३ गाडीलाई वायु प्रदूषणको प्रमुख कारक मानिए पनि पछिल्लो समय उक्त सवारीसाधनको राम्रो बिक्री केन्द्र नेपाल बन्दै गएको छ । तर, यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले भने युरो–३ मापदण्डका सावरी साधनले कुनै असर नगर्ने जिकिर गर्नु हुन्छ ।

नेपालमा पनि युरो–३ विस्थापित गरेर युरो–४ मापदण्डका गाडीमात्र भित्र्याउन मिल्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ तर निर्णय भने भएको छैन । यसका लागि विभागले मन्त्रालयमा फाइल पठाएपनि अहिलेसम्म बिचाराधिन भएको निर्देशक सिंहको भनाई छ ।

विज्ञले युरो–४ मापदण्ड लागू गर्न ढिलाइ भइसकेको बताउँदै आएपनि सरकार यस विषयमा मौन बसेको छ । युरो–४ मापदण्ड समयमै लागू नगर्दा भारतमा फेज आउट भएका युरो–३ मापदण्डका सवारीसाधन थन्क्याउने ठाउँका रुपमा नेपाल प्रयोग भइरहेको छ । तर यसप्रति भने नेपाल सरकारको ध्यान भने गएको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाड खेलकुदः नेपाल समूह चरणबाटै बाहिर, पाकिस्तान २–१ गोल अन्तरले विजयी
एसियाड खेलकुदः नेपाल समूह चरणबाटै बाहिर, पाकिस्तान २–१ गोल अन्तरले विजयी
असोज २ गते शुक्रवारको राशिफल यस्तो छ
असोज २ गते शुक्रवारको राशिफल यस्तो छ
फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए, कतै तपाइकाे त परेन ?
फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए, कतै तपाइकाे त परेन ?
जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध
जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
उपराष्ट्रपति पुनद्धारा गिरिको निधनप्रति दुःख व्यक्त
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए
अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए