राजीनामा नदिए जनकारवाही गर्ने विप्लव माओवादीको धम्की

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
राजीनामा नदिए जनकारवाही गर्ने विप्लव माओवादीको धम्की

सारांश

  • काठमाडौं, २१ जेठ ।
  • नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको जनपरिषद्ले प्यूठानको झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीलाई राजीनामा दिन भन्दै अल्टिमेटम दिएको छ ।
  • जनपरिषद्को प्यूठान जिल्ला समितिले अध्यक्ष जीसीको नाममा पत्र काटेर राजीनामा दिन भनेको हो ।

काठमाडौं, २१ जेठ । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको जनपरिषद्ले प्यूठानको झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीलाई राजीनामा दिन भन्दै अल्टिमेटम दिएको छ । जनपरिषद्को प्यूठान जिल्ला समितिले अध्यक्ष जीसीको नाममा पत्र काटेर राजीनामा दिन भनेको हो ।

अध्यक्ष जीसीका नाममा जनपरिषद् नेपाल प्यूठान जिल्ला समितिका प्रमुखले हस्ताक्षर गरेको अल्टिमेटममा भनिएको छ, “राज्यको ढुकुटी कसरी रित्याउने भन्ने होडबाजीमा कथित जनप्रतिनिधिहरु प्रतिष्पर्धामा छन् । यो दलाल सत्ताले जनतामा ल्याएको महंगी र करको भरमा यिनको सत्ता टिक्न र अब जनताले पाल्न सक्दैन भन्ने कुरा प्रष्ट छ ।” अल्टिमेटममा जीसीलाई पनि दलाल सत्ताको कथित जनप्रतिनिधि भन्दै राजीनामा दिन भनिएको छ र राजीनामा नदिए जनकारवाहीको चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tilak Raj Khanal

    Local Govt.le corruption garema karbai garnupar6 hai.

    Comment Author

    Tanka Giri

    कमिलाको काल आयो भने पखेटा पलाउछ भनेको सत्य रहेछ बल्ल सरकारले भ्रष्टाचार खोजिखोजी जेलहाल्ने कानुन ल्याउदैछ अनि बिप्लप तातिदैछ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?