चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
३४ पटक हेरिएको
Shares
चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै

सारांश

  • महेन्द्रनगर ।
  • एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कैलाली र कञ्चनपुरका चार पालिकामा फोहरमैला प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ ।
  • आधुनिक सडक निर्माणको योजनासँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

महेन्द्रनगर । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कैलाली र कञ्चनपुरका चार पालिकामा फोहरमैला प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ । आधुनिक सडक निर्माणको योजनासँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

सन् २०१५ मा कैलालीको गोदावारी नगरपालिका र धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका छनोट गरेर आधुनिक सडक, नाली, सडक पेटी, सौयबत्ती र फोहरमैला प्रशोधन केन्द्र निर्माणको थालिएको थियो ।

यहाँका चार वटै पालिकामा सडकलगायत अन्य संरचना निर्माणाधीन अवस्थामा छन् । धनगढी उपमहानगरपालिका–७ पटेलास्थित राष्ट्रिय वन क्षेत्रमा फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भए पनि सो क्षेत्रको रुख कटानको आदेश नआउँदा काम अघि बढ्न सकेको छैन ।

कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा भने प्रशोधन केन्द्र निर्माण भइरहेको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा निर्माण थालिएको फोहरमैला प्रशोधन केन्द्रको रमण–केएस जेभीले निर्माणको जिम्मा लिएको थियो । यहाँको श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा करिब पाँच हेक्टर क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

आगामी वैशाखभित्र रुख कटानको काम सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीका प्रतिनिधि अमित यादवले जानकारी दिए। रू २६ करोड लागतमा निर्माण हुने उक्त प्रशोधन केन्द्र बीस महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको उनले बताए । “एक वर्ष जति त रुख कटानको आदेश आउनै समय लाग्यो । प्रधोशन केन्द्र निर्माणस्थलमा आठ सय १३ रुख कटान गर्नुपर्ने छ”, यादवले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने केन्द्रका लागि जग्गा प्राप्तिको प्रक्रियामा छ । नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले प्रशोधन केन्द्र निर्माणका लागि जमिन खोजिरहेको बताए । “केन्द्र स्थापनाका लागि जग्गा खोजिरहेका छौँ । जग्गा खरिद गरेर वा सार्वजनिक जग्गा उपयोग गरेर भए पनि केन्द्र निर्माणमा पालिकाले पहल गर्दैछ”, उनले भने। पालिकाले उत्तरतर्फको चुरे फेददेखि ब्रह्मदेव हुँदै वडा नं १९ बागफाँटासम्म प्रशोधन केन्द्रका लागि जग्गा हेरे पनि अन्तिम टुङ्गो भने लाग्नसकेको छैन ।

पालिकाले जग्गा पहिचान र प्राप्तिका लागि केही समयअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । जग्गाको विषय र स्थान टुङ्गो नलाग्दा यहाँ प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको प्रवक्ता खड्काको भनाइ छ ।

भीमदत्त नगरपालिका क्षेत्रको बजार र मझगाउँसम्मको सडक, फुटपाथ, नालीलगायत संरचनाको कामले भने गति लिएको छ । सडक निर्माणको जिम्मेवारी पाएको जेडआइसी–लामा जेभीका इञ्जिनियर भुपेन्द्र सिंहले योजनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार पूर्वाधार निर्माणअन्र्तगत करिब १४ किलोमिटर सडक, नाली, पुटपाथलगायत संरचना बनिरहेका छन् ।

क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीमार्फत यहाँका चार पालिकामा सडक तथा प्रशोधन केन्द्र निर्माणको काम भइरहेको इकाइका इञ्जिनियर सञ्जीव कुमार शाहले बताए । उनले गोदावरी नगरपालिकामा प्रशोधन केन्द्रका लागि रुख कटानको काम सकिएर अन्य संरचना निर्माण भइरहेको जानकारी दिए । रू ५१ करोड लागतमा निर्माण हुन लागेको उक्त केन्द्रको निर्माण अवधि दुई वर्ष चार महिना तोकिएको छ ।

त्यस्तै, धनगढीमा प्रशोधन केन्द्र निर्माणका लागि रुख कटान आदेश प्राप्तिको प्रक्रियामा रहेको इञ्जिनियर शाहको भनाइ छ । “धनगढीमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भएर रुख कटानको आदेश वन तथा वातावरण मन्त्रालयबाट पाउने प्रक्रियामा छ”, शाहले भने, “कटानको आदेश आएपछि काम सुरु हुन्छ ।” उनका अनुसार धनगढी र गोदावरीको प्रशोधन केन्द्रको निर्माण सिच्युवान प्रोभिन्स जीओलोजिकल इञ्जियरिङ कम्प्लेक्सले गर्नेछ

(https://mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !
विश्वकप फुटवलको प्रचारात्मक गितमा नेपालकाे झण्डा !
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित
विप्लव नेकपाबाट हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला निष्काशित
प्रहरीको बिजोग- टहरामै छ प्रहरीचौकी
प्रहरीको बिजोग- टहरामै छ प्रहरीचौकी
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
बुढानिलकण्ठ नगरपालिकामा  एमाले अगाडी !
बुढानिलकण्ठ नगरपालिकामा एमाले अगाडी !
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइँदै
अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइँदै
स्थानीय तहको मिश्रित मोडेल र अप्ठ्यारा सजिला पाटा
स्थानीय तहको मिश्रित मोडेल र अप्ठ्यारा सजिला पाटा
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
फिलिपिन्समा विद्रोही र आतङ्ककारीबीचको भीडन्तमा चारजनाको मृत्यु
श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन,तपाईंलाई अर्कोपटक ।’
श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन,तपाईंलाई अर्कोपटक ।’

तपाईंले छुटाउनुभयो कि?