आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
आज प्रधानमन्त्री ओलीले विरुवा रोप्दै, सरकारले ल्यायो ‘स्वच्छ वातावरण महा-अभियान’

सारांश

  • काठमाडौँ, २२ जेठ – आज विश्व वातावरण दिवस ।
  • जुन ५ लाई विश्वभर वातावरण दिवसका रुपमा मनाइन्छ ।
  • नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत छ ।

काठमाडौँ, २२ जेठ – आज विश्व वातावरण दिवस । जुन ५ लाई विश्वभर वातावरण दिवसका रुपमा मनाइन्छ । नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत छ । सरकारले स्वच्छ वातावरण महाअभियान समेत शुरु गरेको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओली लगायतले वातावरण दिवसको रुपमा विरुवा रोप्ने कार्यक्रम छ । वातावरण दिवसको अवसर पारी प्रधानमन्त्रीले शुभकामना समेत दिएका छन् । वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताएका छन् ।

आजको दिन वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताए । सामाजिक, आर्थिक पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आह्वान गरेका छन् ।

‘वातावरणीय प्रभाव मूल्यांकन बिना गरिने विकास प्रयास दिगो हुँदैन । अव्यवस्थित विकासले रोगव्याधी र अस्वस्थ अवस्था मात्र निम्त्याउँदैन, त्यस्तो अव्यवस्थाले बाढीपहिरो, सुक्खालगायतका ठूलो धनजनको क्षति हुने प्रकोपको सम्भावना समेत बढाउँछ’ शुभकामना सन्देशमा भनिएको छ, ‘वातावरणको विनाश नहुने गरी नाप नक्सा तयार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्नुपर्छ ।’

संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ रहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Parmod Safal

    Media ma dekhinu parchha Nepal ka netaharulai

    Comment Author

    Netra Ghimire

    धुलाे धुँवा दिवस कहिले रछ ? खाल्डाखुल्डी दिवस पनि ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव बेचविखन तथा वैदेशिक रोजगारबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिँदै
मानव बेचविखन तथा वैदेशिक रोजगारबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिँदै
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
कम्युटरमा ब्लू फिल्म भेटिएपछि उपप्रधानमन्त्री पद मुक्त !
उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा
उपाध्यक्ष वाग्लेद्वारा राजीनामाको घोषणा
२०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटाउन गरेको प्रयास
२०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटाउन गरेको प्रयास
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता
उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्षमा चौधरी
उद्योग वाणिज्य संघ गुलरियाको अध्यक्षमा चौधरी
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“

तपाईंले छुटाउनुभयो कि?