उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २२, २०७७
|
|
३९ पटक हेरिएको
Shares
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?

सारांश

  • मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ ।
  • मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु(याउनेसम्मको स्तरमा पुगेको हो ।
  • मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ वायु रहेको पाइएको छ ।

मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु(याउनेसम्मको स्तरमा पुगेको हो ।

मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ वायु रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सञ्चालन गरेको वायुको गुणस्तर अनुगमन संयन्त्रले अत्यधिक जोखिमयुक्त वायु रहेको भैंसेपाटीको पार्टीकुलर म्याटर९पीएम० २।५ को मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो ।

यस्तै त्यसभन्दा कम वायु रहेको सहरका रूपमा नेपालगन्ज रहेको वातावरण विभागले जनाएको छ । विभागले दिएको तथ्यांकअनुसार नेपालगन्जमा पीएम २।५को मात्रा १८९ दशमलव ६ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

विभागले दिएको तथ्यांकअनुसार ‘रेड जोन’मा रहेका सहरहरूमा विराटनगर, जनकपुर, काठमाडौंको शंखपार्क, हेटांैडा, कञ्चनपुरको महेन्द्रनगर र चितवनको सौराहा छन् । मंगलबार रातिको पीएम २।५ को मात्राअनुसार विराटनगरमा १५५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, जनकपुरको १४८ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर, काठमाडौंको शंखपार्कको १२८ दशमलव ६९ माइक्रोग्राम प्रतिघनमिटर, हेटौंडाको ११५ दशमलव १९ माइक्रोग्राम प्रतिघनमिटर, कञ्चनपुर, महेन्द्रनगरको ८६ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर र चितवन, सौराहको ८१ माइक्रोग्राम प्रतिघनमिटर गुणस्तर मापन गरिएको छ ।

यसैगरी धनकुटार र पोखरामा दीर्घकालीन रोग भएका बिरामीलाई असर गर्ने किसिमको वायुको गुणस्तर मापन गरिएको वातावरण विभागले जनाएको छ । सरकारले तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डले पीएम २।५ को मापदण्ड ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । मापदण्डअनुसार वायुमा धुलोको कण पीएम २।५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भए मात्रै त्यसलाई वायु प्रदूषण भएको मानिन्छ । सामान्यतया पीएम २।५ भनेको धेरै सूक्ष्म कण हो । जसको व्यास २।५ माइक्रोनभन्दा कम हुन्छ । यी कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छ ।राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
बैशाख २८ गते काठमाडौँमा ६ देशका टप रेसलरको महाभिडन्त हुने
वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत
वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत
आइसीसीको मान्यता पाएसँगै इपिएल नयाँ उचाइमा
आइसीसीको मान्यता पाएसँगै इपिएल नयाँ उचाइमा
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
धितोपत्र बजारमा सुधार टिकेन
धितोपत्र बजारमा सुधार टिकेन
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
सोमबार थपिए ४७६, नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १३ हजार
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३५७ कोरोना संक्रमित थपिए
‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?