विश्वकप टिकट बिक्री गर्ने वेबसाइट भियागोगो विरुद्ध फिफाले दियो मुद्दा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
विश्वकप टिकट बिक्री गर्ने वेबसाइट भियागोगो विरुद्ध फिफाले दियो मुद्दा

सारांश

  • अश्बिन खड्का, जेठ २३ – टिकट बिक्री गर्ने वेबसाइट भियागोगोले टिकट बिक्रीमा धाँधली गरेको आरोप विरुद्ध विश्व फुटवलको निकाय फिफाले नै फौजदारी मुद्दा दायर गरेको छ ।
  • फिफाले रसियामा हुन लागेको फुटबल महामेलाको पूर्वसन्ध्यामा आएर यस्तो कदम चालेको हो ।
  • समर्थकहरुलाई सुरक्षा दिन र रुसमा हुने फिफा विश्वकप २०१८ मा हुने अनाधिकृत टिकट पुनर्बिक्रीलाई रोक्न फिफाले अनुचित प्रतिस्पर्धाको कानून उल्लंघन गरेको आरोपमा भियागोगो एजीलाई जेनेभास्थित सार्वजनिक अभियोजनकर्ताको कार्यालयमा फौजदारी मुद्दा दायर गरेको छ’ ।

अश्बिन खड्का, जेठ २३ – टिकट बिक्री गर्ने वेबसाइट भियागोगोले टिकट बिक्रीमा धाँधली गरेको आरोप विरुद्ध विश्व फुटवलको निकाय फिफाले नै फौजदारी मुद्दा दायर गरेको छ । फिफाले रसियामा हुन लागेको फुटबल महामेलाको पूर्वसन्ध्यामा आएर यस्तो कदम चालेको हो ।

समर्थकहरुलाई सुरक्षा दिन र रुसमा हुने फिफा विश्वकप २०१८ मा हुने अनाधिकृत टिकट पुनर्बिक्रीलाई रोक्न फिफाले अनुचित प्रतिस्पर्धाको कानून उल्लंघन गरेको आरोपमा भियागोगो एजीलाई जेनेभास्थित सार्वजनिक अभियोजनकर्ताको कार्यालयमा फौजदारी मुद्दा दायर गरेको छ’ ।

फिफाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘फिफाले भियागोगोसँग किनिएका सबै टिकटहरु पहिचान हुनासाथ रद्द गर्नेसमेत पुष्टि गरेको छ । ‘भियागोगो लगायत अन्य अवैध वितरण च्यानलबाट किनिएका सबै टिकटहरु पहिचान हुनासाथ रद्द गरिनेछ ।

फिफालाई त्यस्ता टिकट लिएर रंगशालामा प्रवेश गर्न खोज्नेलाई रोक्ने समेत बताएको छ । विश्वकप २०१८ को दौरान फिफा र स्थानीय अधिकारीहरुले प्रवेशमा कडा जाँच गरिने फिफाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?