गाउपालिकाले संचालनमा ल्यायो टोल फ्रि सेवा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
गाउपालिकाले संचालनमा ल्यायो टोल फ्रि सेवा !

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु , २३ जेठ।
  •   कपिलवस्तुको विजयनगर गाउपालिकाको काम कारवाहिलार्इ पारदर्शि, सुशासन र जवाफदेही वनाउनको लागी गाउपालिका कार्यलयमा टोल फ्रि सेवा सुचारु गरिएको छ ।
  • नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ गाउँपालिकामा टोल फ्रि न १६६०७६५२००१ मा फोन गर्दा पैसा नलाग्ने निशुल्क टेलिफोन सेवा संचालनमा ल्याई केही गुनासो सुझाव सल्लाह आए तत्काल सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए ।

माधव बेल्वासे, कपिलवस्तु , २३ जेठ।  कपिलवस्तुको विजयनगर गाउपालिकाको काम कारवाहिलार्इ पारदर्शि, सुशासन र जवाफदेही वनाउनको लागी गाउपालिका कार्यलयमा टोल फ्रि सेवा सुचारु गरिएको छ ।

नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ गाउँपालिकामा टोल फ्रि न १६६०७६५२००१ मा फोन गर्दा पैसा नलाग्ने निशुल्क टेलिफोन सेवा संचालनमा ल्याई केही गुनासो सुझाव सल्लाह आए तत्काल सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए ।

बालबालिकाका विभिन्न गुनासो,गाउँपालिका वासीहरुको समस्या गुनासो सिधै गाउँपालिकामा राख्न पाउन सकिने व्यावस्था रहेको छ । विशेषतः यो सेवाले गाउँपालिका भित्रका बालबालिकाहरुको सवालमा प्रत्यक्ष सुनुवाई गर्ने ,बाल अधिकार हनन भएको वा कुनै सल्लाह सुझाव भएमा गाउपालिकाको टोल फ्रि न १६६०७६५२००१ मा सम्पर्क गर्न अध्यक्ष थापाले अनुरोध गर्नुभयो ।

गाउपालिकालाई नमुना गाउपालिका निमार्ण गर्ने उद्देश्य रहेकोले यस गाउपालिकामा सवै गाउवासीहरुको सुझाव सल्लाह आवश्यक रहेको वताउदै थापाले आगामी दिन सके प्रत्येक्ष भेटेर नसके पैसा नलाग्ने टोल फ्रि नम्वरमा सम्पर्क गरी वताउन सकिने व्यावस्था गरेको बताए । थापाले भन्नु भयो “अव गाउँपालिकाको कुनै पनि ठाउँमा कुनै पनि काममा ढिला सुस्ती अपार्दशिकता भएमा तत्काल सोहि ठाउमा वाट गाउपालिकामा सोझै सम्पर्क गर्नुहोस र हामी तत्काल छानविनको प्रकृया अगाडी बढाउँछौं ।

गाउँपालिकमा टोल फ्रि फोन सेवा सुरु भए पछि स्थानियहरु खुसी भएका छन । “अब गाउँपालिका लाई सल्लाह सुझाव दिनका लागि फोन गर्दा पैसा नलाग्ने भएपछि सेवामा पारदर्शिता आउछ ’स्थानीय अग्नी सापकोटाले भने । बाल अधिकार सुनिश्चितताका लागि टोल फ्रि सेवा अझ प्रभावकारी हुने भएकोले बालबालिका अझ धेरै खुसी भएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?