एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपीले दिए राजीनामा
सारांश
- काठमाडौं २७,माघ।
- प्रहरी प्रधान कार्यालयले गरेको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।
- शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको थियो।
काठमाडौं २७,माघ। प्रहरी प्रधान कार्यालयले गरेको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।
शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको थियो। बढुवा रोलक्रममा उप्रेती आफ्ना ब्याचको १४ नम्बरमा थिए। कार्य सम्पादन मूल्यांकन एवं बरिष्ठता आधार मान्दा उनी बढुवा हुने निश्चित रहेको बेला उनको बढुवा नभएपछी उनले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया