रोनाल्डोले रियल मड्रिड छाड्ने !
सारांश
- रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगको असहमतीपछि क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाड्ने मनस्थिती बनाएको खबर पोर्चुगेली मिडियाहरुले सार्वजनिक गरेका छन्।
- सञ्चारमाध्ममका अनुसार क्लबका अध्यक्ष पेरेजले रोनाल्डोका नयाँ सम्झौता बमोजिममा मागहरु पुर्याउन नसक्ने जनाएपछि उनीहरुबीच असहमती बढेको थियो।
- उक्त असहमतीपछि यसै समरमा रोनाल्डो क्लब छाड्ने निष्कर्षमा पुगेका हुन्।
रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगको असहमतीपछि क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाड्ने मनस्थिती बनाएको खबर पोर्चुगेली मिडियाहरुले सार्वजनिक गरेका छन्।
सञ्चारमाध्ममका अनुसार क्लबका अध्यक्ष पेरेजले रोनाल्डोका नयाँ सम्झौता बमोजिममा मागहरु पुर्याउन नसक्ने जनाएपछि उनीहरुबीच असहमती बढेको थियो। उक्त असहमतीपछि यसै समरमा रोनाल्डो क्लब छाड्ने निष्कर्षमा पुगेका हुन्।
गत मंगलबार रियलका प्रमुख कार्यकारी अधिकृत जोसे एञ्जल स्यान्चेजले रोनाल्डोको एजेन्ट जोर्गी मेन्डेससँग कुराकानी गरेको तर दुबैपक्षले निष्कर्ष निकाल्न नसकेको समाचारमा उल्लेख छ।
रोनाल्डोका नयाँ मागहरु के हुन भन्नेबारे चाहीँ समाचारमा उल्लेख गरिएको छैन्। रोनाल्डोको रिलिज क्लब १ अर्ब युरो छ। रियल मड्रिडले सधै उनलाई बेच्न अनिच्छा पैदा गरेका बारे उनी क्लबबाट बाहिरिने खबरले धेरैलाई आश्चार्यमा पारेको छ।
Hira Ashique Oli
Best for him is go to PSG or Manchester United and show Perez, Real Madrid is nothing without him
Nayan Rai
aba messi saga pratispardi vaer khelda jati charcha pathyo tyo samapta hune vo