बालेन साहले यति धेरै भोट पाउनुको १० कारण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
४२ पटक हेरिएको
Shares
बालेन साहले यति धेरै भोट पाउनुको १० कारण

सारांश

  • अहिले देशभर नै बालेन शाहको चर्चा छ ।
  • काठमाडौँ महानगरका मेयरका उम्मेदवार बने देखि नै चर्चामा रहेको बालेनले अहिले स्थानीय तहको निर्वाचन सकिएर भोट काउन्टिङ सुरु भए देखि नै आकर्षणको केन्द्र बनिरहेका छन् ।
  • बालेनले काठमाडौँमा मै हु भन्ने राजनीतिक दलहरुको पनि निन्द्रा हराम हुने गरि भोट पाइरहेका छन् ।

अहिले देशभर नै बालेन शाहको चर्चा छ । काठमाडौँ महानगरका मेयरका उम्मेदवार बने देखि नै चर्चामा रहेको बालेनले अहिले स्थानीय तहको निर्वाचन सकिएर भोट काउन्टिङ सुरु भए देखि नै आकर्षणको केन्द्र बनिरहेका छन् । बालेनले काठमाडौँमा मै हु भन्ने राजनीतिक दलहरुको पनि निन्द्रा हराम हुने गरि भोट पाइरहेका छन् । उनको अगाडि अहिले एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंह निकै पछाडि छन् । बालेनले यति धेरै भोट पाउनुका १० कारणहरु यस्ता रहेका छन् ।

१. बालेन प्रतिको यो क्रेजको पहिलो अहिलेको राजनीतिक पार्टीहरुकै कारण भएको हो । वषौदेखि हामीमाथि शासन गर्दै आइरहेका यी पार्टीहरुले जनताले वाउ भन्ने गरि कहिल्यै काम गरेनन् । जुन कारण पनि जनता पार्टीहरुसँग निकै रिसाएका थिए ।

२. बालेन प्रतिको यो क्रेजको अर्को कारण हो दलहरुका ठूला ठूला सपना र आश्वासन । एमाले र कांग्रेसले काठमाडौँ महानगरमा अहिलेपटक यस्ता यस्ता सपनाहरु देखाए, जुन उनीहरुले भने जस्तो पुरा भएन । महानगरमा मेट्रो रेल, मोनो रेल जस्ता कति सपना बाँडिए तर ती कुनै पनि पुरा भएनन् । यो कारण पनि काठमाडौँका जनता पार्टीहरुसँग रुस्ट बने ।

३. राजनीतिक दलप्रतिको नकरात्मक सोच पनि बालेनको क्रेज बढ्नुको तेस्रो कारण हो । अहिलेको पूस्ता राजनीतिक पद्धतिप्रति पुरै नकरात्मक छ ।

४. जनताको इच्छा अनुसार पार्टीहरु चल्न नसक्नु बालेन क्रेज बढ्नेको चौथो कारण हो । पन्चायतको अन्त्य भई बहुदलिय व्यवस्थामा देश गए यता हाम्रा दलहरुले जनताले स्यावासी दिने गरी केही काम गरेनन् । त्यसैले पनि जनता यस्ता ढोगी र ठूला सपना मात्रै देखाउने पार्टीको विकल्प खोजिरहेका थिए ।

५. अब पाँचौ कारणको कुरा गरौ । हाम्रा राजनीतिद दलहरुको पद्धति हेर्यो भने पुरै भ्रष्टचारमा डुबेको छ । पार्टीका आसेपासेहरुलाई मोज छ भने जनताहरु सामान्य भन्दा सामान्य सुविधाबाट बञ्चित छन् । यो देखिरहेका कारण पनि जनताहरु अझ खासगरी काठमाडौँका जनताहरुले बालेनलाई विश्वास गरे ।

६. बालेनको व्यवहार पनि छैठौ कारण हो । बालेनले जब आफुलाई मेयरको उम्मेदवारको रुपमा चिनाए त्यसयता नै उनको व्यवहार पनि धेरैको नोटिसमा प¥यो । उनले कहिलै पनि अरुलाई गाली गरेनन् । जबकी यही विषयमा एमालेका केशव स्थापित र सुनिता डंगोलले उनलाई उडाउने काम गरे । तर बालेनले यही कुरालाई सजिलैसँग एन्सर दिएर अझ भोटरलाई आफुतिर आकर्षित गरे ।

७. मेयरको उम्मेदवार बन्ने घोषणा गरेसँगै बालेनले सुनाएका योजनाहरुका कारण पनि उनलाई धेरैले रुचाए । उनले हरेक पटक भने म काठमाडौँमा ठूला ठूला कुरा गर्न होइन, यहाँ भइरहेका विकास निर्माण र सुविधालाई म्यानेज गर्न चाहन्छु । उनको यही कुरालाई पनि यहाँका जनताले मज्जाले पत्याए ।

८. बालेनसँग भएको एक्स फ्याक्टर पनि उनले अहिले पाइरहेको भोटको कारण हो । बालेन स्ट्रक्चरल इन्जिनियर हुनु, शिक्षित हुनु र आफुले सोध्ने हरेक प्रश्नलाई राम्रोसँग टयाक्कल गरेर एन्सर दिन सक्ने खुबीका कारण पनि उनी यति धेरै पपुलर बनेका हुन् ।

९. बालेनको क्याम्पेनिङ पनि उनलाई जितको नजिक लैजाने अर्को कारण हो । सोसियल साइटको पावरलाई बालेनले यति मज्जाले क्यास गरेकी यो विषयमा अरु पार्टीहरुले सोच्नै भ्याएनन् । बालेनमा मोदी, केजरीवाल र अमेरिकी राष्ट्रपतिको क्याम्पेनिङको पनि राम्रो इन्फ्लुएन्स छ । उनको हरेक क्याम्पेनिङमा यो देखिन्छ । र, उनको यो स्टाइलले पनि निकै राम्रो काम गरेको छ ।

१०. बालेनले यति धेरै भोट पाउनुको अर्को कारण हो नेक्स्ट जेनेरेसनले उनीमाथि देखाएको विश्वास । काठमाडौँका धेरै युवा पूस्ता जसले अहिलेका पार्टीहरुको विकृति देखेर वाक्क दिक्क बनेका थिए उनीहरुले आफ्नो अभिभावकलाई बालेनलाई नै भोट हाल्न दवाव दिए । यही कारण पनि बालेनले अरुभन्दा धेरै भोट पाइरहेका हुन् ।

बालेनले यति धेरै भोट पाउनुको कारण यहि १० कारण हो । अहिलेको भोटको ट्रेण्ड हेर्ने हो भने काठमाडौँको मेयरको रुपमा बालेनको जित करिब करिब निश्चित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु
मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु
जनकपुरमा सार्वजनिक भएको अभिव्यक्ति अनुपयुक्त: प्रधानमन्त्री ओली
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना
‘अनलाईनलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउँछौं’
‘अनलाईनलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउँछौं’
प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने
प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
रोहिंग्या शरणार्थीले निम्त्याएको चूनौति
रोहिंग्या शरणार्थीले निम्त्याएको चूनौति
‘जिसस पुत्री’ मुनलाई प्रधानमन्त्री ओलीले लेखेकाे पत्रमा के छ?
‘जिसस पुत्री’ मुनलाई प्रधानमन्त्री ओलीले लेखेकाे पत्रमा के छ?
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
ओली प्रचण्ड विवाद, तीन दिनपछि वारपार