मानव अधिकार गणतन्त्रको सुन्दर पक्ष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मानव अधिकार गणतन्त्रको सुन्दर पक्ष

सारांश

  • विराटनगर, २५ जेठ , राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले अन्तर्राष्ट्रियस्तरमा १९ वटा प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको अवस्थामा आयोगले सबै प्रतिबद्धता कार्यान्वयन गराउन लागिपरेको बताउनुभएको छ ।
  • जनअधिकार अभियान नेपालले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मानव अधिकार रक्षाको सवालमा वर्तमान सरकारलाई समय दिनुपर्ने भन्दै आयोगको ऐन संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।
  • नेपाल वार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले आस्था र विचारका कारण नागरिक पक्राउ पर्नु मानव अधिकार उलंघन हो भन्नुभयो ।

विराटनगर, २५ जेठ , राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले अन्तर्राष्ट्रियस्तरमा १९ वटा प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको अवस्थामा आयोगले सबै प्रतिबद्धता कार्यान्वयन गराउन लागिपरेको बताउनुभएको छ ।

जनअधिकार अभियान नेपालले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मानव अधिकार रक्षाको सवालमा वर्तमान सरकारलाई समय दिनुपर्ने भन्दै आयोगको ऐन संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल वार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले आस्था र विचारका कारण नागरिक पक्राउ पर्नु मानव अधिकार उलंघन हो भन्नुभयो ।

नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुन नदिनतर्फ राजनीतिक दल तथा अन्य सबै निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रदेश नं.१ का महान्यायाधिवक्ता चुडामणि आचार्य, अभियान अध्यक्ष एकराज भण्डारी, नेकपा मोरङका नेता ऋषिराज पोखरेललगायतले मानव अधिकार गणतन्त्रको सुन्दर पक्ष भएकाले यसतर्फ राज्य कमजोर बन्न नहुने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?