महिला सांसदको भूमिका बढाउन पहल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
१७ पटक हेरिएको
Shares
महिला सांसदको भूमिका बढाउन पहल

सारांश

  • काठमाडौं।
  • संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले मंगलबार संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ ।
  • संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको हो।

काठमाडौं। संघीय संसदमा महिला सांसदहरुको भूमिका थप वृद्धि गर्न संसद सचिवालयले मंगलबार संसदीय अभ्यास सम्बन्धि अन्तरक्रिया गरेको छ । संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको हो।  कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुलाई इतिहासमा स्मरण हुने गरी भूमिका वृद्धि गर्न आग्रह गरिन्।

उनले भनिन्, ‘संसदमा महिला माननीयहरुको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ । यसरी भूमिका निर्वाह गर्नुहोस् कि भोलिका पुस्ताले पनि सम्झिउन्।’  संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थाका फरक रहेको बताउँदै उनले अगामी अधिवेशनबाट महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने योजना बनाउन आग्रह गरिन् ।

उनले सांसदहरुको महत्वपूर्ण जिम्मेवारी संसदीय गतिविधिमा सहभागी हुने भएको बताउँदै त्यसमा चुक्न नहुने उल्लेख गरिन्। राष्ट्रिसभाकी उपाध्यक्ष शशिकला दाहालले संसदीय अभ्यास पुरानो भए पनि कहिलेकाँही स–साना कमजोरी र प्रस्तुतिमा महिला सांसद चुकिरहेकको उल्लेख गरिन्। उनले शून्य समय, विशेष समयका विषय र शैलिलाई अधिकतम प्रयोग र सुधार गर्न पनि आग्रह गरिन्।

कार्यक्रममा संविधानसभााका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय अभ्यासमा प्रभावकारी भूमिका, नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुन निर्माणको संसदीय चरण र संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले संसदमा प्र्रश्नोत्तर, सैद्धान्तिक र व्यवहारिक पक्षबारे प्रस्तुति दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?