प्रधानमन्त्री ओलीले आज प्रदेश १ मा सम्बोधन गर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ नम्बर प्रदेशको सभालाई सम्बोधन गर्ने भएका छन् ।
  • प्रदेश १ को सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
  • प््रदेश सभामुख प्रदिप कुमार भण्डारीका अनुसार प्रधानमन्त्रीले बिहान ११ बजे सम्बोधन गर्ने बिषयमा हिजो शुक्रबार बसेको संसद बैठकमा जानकारी गराएका थिए ।

काठमाडौँ, २६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ नम्बर प्रदेशको सभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश १ को सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प््रदेश सभामुख प्रदिप कुमार भण्डारीका अनुसार प्रधानमन्त्रीले बिहान ११ बजे सम्बोधन गर्ने बिषयमा हिजो शुक्रबार बसेको संसद बैठकमा जानकारी गराएका थिए ।

प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख डा। गोबिन्द तुम्बाहाङले आइतबार पहिलो पटक आगामी आर्थिक बर्ष २०७५÷०७६ को पूर्ण नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्ने कार्यक्रम छ ।

आज शनिवार बिदाका दिन समेत संसद बैठक बस्ने संघीय संसदको अभ्यासलाई पछ्याउँदै प्रदेश १ को संसद बैटक बोलाईएको हो । प्रदेश सरकारको निती कार्यक्रमको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम बनेपछि दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निति कार्यक्रमबारे छलफल रिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?