सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

सारांश

  • सिङ्गापुर, २८ जेठ ।
  •   सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गर्नुभएको छ ।
  • उहाँहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।

सिङ्गापुर, २८ जेठ ।  सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गर्नुभएको छ ।

उहाँहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुग्नुभएको छ ।

मंगलबार बिहान उहाँहरुबीच बहुप्रतिक्षित शिखर वार्ता हुनलागेको छ । सो भेटवार्ता यहाँको स्थानीय समयानुसार बिहान ९ बजे हुने कार्यक्रम रहेको छ ।

विश्वकै लागि सर्वाधिक चासोका रुपमा रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार नै यी दुबै नेता सिङ्गापुर पुग्नुभएको समाचारमा जनाइएको छ ।

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीचको सोमबार भएको यस वार्तामा पनि मंगलबार शुरु हुन लागेको उक्त शिखर वार्ताकै बारेमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
लागूऔषध सहित एक युवा पक्राउ, दुर्घटना मा एक जना को मृत्यु
लागूऔषध सहित एक युवा पक्राउ, दुर्घटना मा एक जना को मृत्यु
१५० मेगावाट बिजुली भारतलाई बेच्दै नेपाल
१५० मेगावाट बिजुली भारतलाई बेच्दै नेपाल
१० करोडको लगानीमा कालोपत्रे भएको विमानस्थल गौचरन बन्दै
१० करोडको लगानीमा कालोपत्रे भएको विमानस्थल गौचरन बन्दै
देउवाले खोजे संवैधानिक अंग देखि विश्वविद्यालयसम्म भाग
देउवाले खोजे संवैधानिक अंग देखि विश्वविद्यालयसम्म भाग
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
विजयभन्दा ठूलो जिम्मेवारी आएको छ, संयमित बनौँ: रास्वपा प्रवक्ता मनिष झा
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो