आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०८२
|
|
४३ पटक हेरिएको
Shares
आजबाट मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम बिज्ञान बिभागले असोज १८-२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ।
  • विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन आज अनुरोध गरेको हो।

काठमाडौं। जल तथा मौसम बिज्ञान बिभागले असोज १८-२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ।

विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन आज अनुरोध गरेको हो।

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ।

हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।

नेपालमा मनसुन वहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको संभावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ। बिभागले भनेको छ,“तसर्थ, यस विभागवाट वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।“

उल्लेखित पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भू-क्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सम्भावित क्षति न्यूनिकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने पूर्वानुमान तथा पूर्वसूचनाहरू छिटो प्रबाह गरी पूर्वतयारी र आवश्यक पूर्वकार्यमा जुट्न विभाग विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकायहरू र आमसर्वसाधारणलाई बिभागले अपिल गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
आइतवार झापा जाँदै पूर्वराजा
आइतवार झापा जाँदै पूर्वराजा
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती
कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए
कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए
आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर
आतंकवादी आवागमन रोक्न अध्यागमनमा अमेरिकी सफ्टवेयर
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो
भारतीय दुतावासमा मनाइयो आइटेक दिवस
भारतीय दुतावासमा मनाइयो आइटेक दिवस
बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै
बैठकस्थल र प्रदेश प्रमुख अझै अन्योलमा , दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै
पूर्वजर्नेलको कांग्रेस, एमाले र राप्रपाका नेतालाई सुझाव: प्रचण्डको फोटो राख्नुहोस्
पूर्वजर्नेलको कांग्रेस, एमाले र राप्रपाका नेतालाई सुझाव: प्रचण्डको फोटो राख्नुहोस्