कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी

सारांश

  • सुर्खेत, २८ जेठ ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव २०७५÷७६ का लागि असार १ गते उत्पादनमुखी बजेट ल्याउने बताउनुभएको छ ।
  • प्रत्येक महिना  पत्रकारहरुसँग गरिने ‘नियमित भेटघाट’ कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले वितरणमुखी नभई उत्पादनमुखी बजेट ल्याउने बताउनुभयो ।

सुर्खेत, २८ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव २०७५÷७६ का लागि असार १ गते उत्पादनमुखी बजेट ल्याउने बताउनुभएको छ ।

प्रत्येक महिना  पत्रकारहरुसँग गरिने ‘नियमित भेटघाट’ कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले वितरणमुखी नभई उत्पादनमुखी बजेट ल्याउने बताउनुभयो । उहाँले कृषि योग्य जमीन, उत्पादित वस्तुको पहिचान र जडीबुटीको यकिन तथ्याँक संकलन गर्ने भन्दै विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गरी स्रोतको खोजी गरिने जानकारी दिनुभयो ।

यही जेठ २६ गते प्रदेश सरकारबाट नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । उहाँले भन्नुभयो, “कर्णालीमा कति आवश्यक सडक पर्छन्, तिनको वास्तविक लगत लिएर लगानी गर्छौं जसबाट यहाँका सबै जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्न सकियोस् ।” लगानीका लागि सार्वजनिक, निजी क्षेत्र र दातृ निकायको पनि खोजी गरिने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको मध्य तथा दीर्घकालीन महत्व राख्ने विकासका लागि मुख्यतया यो वर्ष योजना निर्माण, अध्ययन र आधार तयार गर्छौं ।”

लामो समयदेखि पारिश्रमिक, सेवा तथा सुविधा नलिई प्रदेश सरकारको सार्वजनिक पद धारण गरी काम गर्दै आएका सबैलाई संघीय सरकारले पठाएको मस्यौदाको आधारमा हालका लागि पारिश्रमिक, सेवा तथा सुविधा उपलब्ध गराइने जानकारी पनि उहाँले दिनुभयो ।

हालसम्म संघीय सरकारको अनुमतिमै काम गर्नु पर्दा प्रदेश सरकारले आफ्ना कुनै पनि संयन्त्र परिचालन गर्न नपाएको उहाँको गुनासो थियो ।

उहाँले कर्णालीलाई डिजिटल तथा प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य लिइएकाले यसलाई पूरा गर्न आफ्नो सोच, व्यवहार र दिमाग बदल्न प्रदेशवासीसँग आग्रह गर्नुभयो ।

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले उच्च शिक्षाका लागि यो प्रदेशका पाँच पत्रकारलाई प्रदेश सरकारले पढाउन विदेश पठाउने वचन दिनुभयो । उहाँका अनुसार पत्रकारका लागि अन्तरप्रदेशीय भ्रमण कार्यक्रम पनि राखिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
माओवादी केन्द्रकी पम्फा भुषाल ललितपुर ३ मा विजयी
माओवादी केन्द्रकी पम्फा भुषाल ललितपुर ३ मा विजयी
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?
सुन तस्करी प्रकरण : खै त नेताको हातमा हतकडी ?
उदयपुरमा बम विस्फोट ,गाईको कान र भैंसीको जिउभरी छर्रा
उदयपुरमा बम विस्फोट ,गाईको कान र भैंसीको जिउभरी छर्रा
भ्रष्टाचारमुक्त मुलुक बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्छ : सभापति उपाध्याय
भ्रष्टाचारमुक्त मुलुक बनाउन रानीतिक नेतृत्वनै सच्चिनुपर्छ : सभापति उपाध्याय
नवलपरासीमा विवाहकै दिन बेहुला बेपत्ता: फेसबुकमा यस्तो स्टाटस पोस्ट !
नवलपरासीमा विवाहकै दिन बेहुला बेपत्ता: फेसबुकमा यस्तो स्टाटस पोस्ट !
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय

तपाईंले छुटाउनुभयो कि?