प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…

सारांश

  • काठमाडौं, २९ जेठ ।
  • प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभूत विद्यालयका शिक्षक मदनसिंह सोमबार दिउँसो नदीमा हाम्फालेका छन् ।
  • महाकाली नगरपालिका– ६ थालीगडाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

काठमाडौं, २९ जेठ । प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभूत विद्यालयका शिक्षक मदनसिंह सोमबार दिउँसो नदीमा हाम्फालेका छन् ।

महाकाली नगरपालिका– ६ थालीगडाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका– ५ किम्तडीभीरबाट नदीमा हाम्फालेको प्रहरीले जनाएको छ ।

शिक्षक र सोही विद्यालयकी शिक्षिकाबीच लेनदेनको विषयलाई लिएर विवाद भएको थियो । आइतबार फोनबाट शिक्षिकाले जिल्ला प्रहरी कार्यालयमा आफूमाथि हातपात भएको जानकारी गराएपछि सादा पोशाकका प्रहरीले सोमबार शिक्षकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पुराउँदै थिए ।

घटनाबारे आवश्यक अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिई महाकाली यातायात समितिको म१ज २१२ नम्बरको जीपबाट ल्याउँदै गर्दा रैखोला नदीमा हाम्फालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धापबाट जिल्ला प्रहरी कार्यालय खलंगा ल्याउने क्रममा किम्तडीभीरमा अचानक चालकलाई झम्टेर गाडीको ढोका खोली चलिरहेकै गाडीबाट नदीमा हाम्फालेर बेपत्ता भएको जिप्रकाले जनाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

(https://www.newsoftwares.net)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Neupane

    ती मास्टर लाई पनि किन दशा लागेको होला।कस्ता कस्ता नरसम्हार मच्चाउने खुङ्खार खुङ्खार अपराधी लाई त यता जंगली तन्त्रका नाइके हरुले सके सम्मको नजराना झ्याम झ्याम पार्दै गाइको दुधले नुहाइदिदै चोख्याइ दिई रहेको छ नि किन नदिमा हामफाल्नु पर्यो????????????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?