बाजुराको मतदान अधिकृत सम्पर्कविहीन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
३७ पटक हेरिएको
Shares
बाजुराको मतदान अधिकृत सम्पर्कविहीन

सारांश

  • बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
  • बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कविहीन हुनुभएको छ ।
  • सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन् ।

बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कविहीन हुनुभएको छ ।

सम्पर्कविहीन रहेका गिरी प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी हुन् । गिरी मदिरा सेवन गर्ने भएकाले उनी कतै होटलमा बसेर मदिरा खाएर बसेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । सम्पर्कविहीन रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उहाँ सम्पर्कविहीन भएको उहाँका सहयोगी कर्मचारीले बताएका छन् । गिरीको मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगे पनि मतपेटिका बुझाउन बाँकी रहेको हुँदा मुुख्य निर्वाचन अधिकृतको कार्यालय बाहिर अलपत्ररुपमा मतपेटिका राखिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
प्रधानमन्त्री व्यस्त भएपछि नेकपा सचिवालय बैठक स्थगित्, प्रचण्ड चितवन जाँदै
प्रधानमन्त्री व्यस्त भएपछि नेकपा सचिवालय बैठक स्थगित्, प्रचण्ड चितवन जाँदै
पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…
पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…
पुस्पाको मृत्यु कि हत्या :४ दिन बित्दा पनि पत्ता लागेन ?
पुस्पाको मृत्यु कि हत्या :४ दिन बित्दा पनि पत्ता लागेन ?
आमिरको अर्को ब्लकबस्टर
आमिरको अर्को ब्लकबस्टर
कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष
कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष
आजदेखि तीज पर्व प्रारम्भः पहिलो दिन दर खाने तयारी
आजदेखि तीज पर्व प्रारम्भः पहिलो दिन दर खाने तयारी
चुनौति र अवसर दुवैलाई अबको सरकारले सामना गर्नुपर्छ : प्रचण्ड
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल
देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल