भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु

सारांश

  • काठमाडौं, २९ मंसिर ।
  • भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु भएको छ ।
  • किच्चुकुट्टी मारम्मा मन्दिरमा गरिएको विशेष कार्यक्रमको प्रसाद खाने अन्य ७० जना बिरामी भएका छन् ।

काठमाडौं, २९ मंसिर । भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु भएको छ । किच्चुकुट्टी मारम्मा मन्दिरमा गरिएको विशेष कार्यक्रमको प्रसाद खाने अन्य ७० जना बिरामी भएका छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रसादका रुपमा बाँडिएको भात र गोलभेंडा खानेहरु बिरामी परेका थिए । प्रसाद खाए लगत्तै उनीहरुमा पेट दुख्ने र वान्ता हुने समस्या देखिएको थियो । घटनापछि प्रहरीले प्रसादको नमूना संकलन गरेर जाँचका लागि पठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?