गर्दिष्मा र अविशा बने सुपर किड इन्टरनेशनल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
गर्दिष्मा र अविशा बने सुपर किड इन्टरनेशनल

सारांश

  • काठमाडौं ।
  • यस बर्षको सुपर किड इन्टरनेशनलमा सिनियरबाट गर्दिष्मा मल्ल र जुनियरबाट अविशा हाडाले उपाधि जितेका छन् ।
  • बालबालिकाको क्षमता विकासमा सक्रिय मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा क्विक्स सुपर किड इन्टरनेशनल २०१८ मा उपाधी जितेका हुन् ।

काठमाडौं । यस बर्षको सुपर किड इन्टरनेशनलमा सिनियरबाट गर्दिष्मा मल्ल र जुनियरबाट अविशा हाडाले उपाधि जितेका छन् । बालबालिकाको क्षमता विकासमा सक्रिय मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा क्विक्स सुपर किड इन्टरनेशनल २०१८ मा उपाधी जितेका हुन् ।

त्यसैगरी फस्ट रनर अपमा सिनियरवाट प्रन्जु आचार्य र जुनियरबाट बर्षा बेल्वासेले उपाधि जिते भने पब्लिकच्वाइस अवार्ड विराज चौहान सिनियरवाट र अविशा हाडा जुनियरवाट प्राप्त गर्न सफल बने ।

मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी अध्यक्ष तथा कार्यकारी निर्देशक मोहना क्षेत्रीको अगुवाईमा बालबालिकाको क्षमता अभिवृद्धि गर्न कार्यक्रम गरिएको हो । संस्थाले सामाजिक र परोपकारी कार्यमा आर्थिक संकलनको लक्ष्यसहित आयोजित प्रतियोगितामा सिनियर तथा जुनियर बालबालिकाहरुको सहभागिता बन्यो ।

२६ जना बालबालिकाको सहभागितामा भएको प्रतियोगितामा विभिन्न कला प्रस्तुत गरेका थिए।
कार्यक्रममा बरिष्ठ फोटो पत्रकार श्याम चित्रकार, बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ अभिनेत्री मिथिला शर्मालाई विशेष सम्मान प्रदान गरिएको थियो।

बालबालिका साझा भविष्य हुन् उनीहरूको स्वतन्त्रता, अधिकार, संरक्षण, विकास र जीवनस्तर सुधारको लागि सामूहिक प्रतिवद्धता र साझा प्रयास आवश्यक पर्दछ भन्ने कुरा महसुस गरी संयुक्त राष्ट्रसंघले सन् १९८९ नोभेम्बरमा बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको हो।

बालबालिकालाई जाति, वर्ग, लिङ्ग, भाषा, धर्म, राजनीति वा अन्य विचारको आधारमा भेदभाव गर्ननहुने, बाल अवस्थालाई विशेष स्याहार र सहयोग आवश्यक पर्ने हुनाले बालबालिकाको विकास र कल्याणको लागि परिवारका सदस्य र समुदायले शान्ति, सम्पत्ति, सहिष्णुता, समानता र एकताको भावनाले प्रेरित भई संरक्षण र लालनपालन गर्नुपर्ने महासन्धीको मर्म हो।

पछिल्लो समयमा बालबालिकाको क्षमता विकासको लागी भनेर विभिन्न इभेन्टहरु पनि संचालित हुने गरेका छन्। त्यस्ता इभेन्टहरुले बालबालिकाभित्र रहेको प्रतिभा प्रष्फुटनको लागी सहयोग गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?