विकाशमा राजनितिक खिचातानी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
विकाशमा राजनितिक खिचातानी

सारांश

  • माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु, २९ जेठ।
  •   कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं.
  • ७ अन्तर्गत पर्ने लालपुर गाउँमा खनिएको करिब २०० मिटर लामो नाली गैर कानुनी र राजनैतिक प्रतिशोधको रुपमा गरिएको दादागिरीको पराकाष्ठ भएको कपिलवस्तु क्षेत्र नं.

माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु, २९ जेठ।  कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं. ७ अन्तर्गत पर्ने लालपुर गाउँमा खनिएको करिब २०० मिटर लामो नाली गैर कानुनी र राजनैतिक प्रतिशोधको रुपमा गरिएको दादागिरीको पराकाष्ठ भएको कपिलवस्तु क्षेत्र नं. ३ का सासंद अभिषेक प्रताप शाहले आरोप लगाएका छन ।

गाउँपालिकाको वडा नं. ७ मा पर्ने लालपुर गाउँको हुलाकी मार्गमा पर्ने बाटोमा नाली खनेर अस्तव्यस्त रुपमा छाडिएपछि स्थानियहरु वडा अध्यक्ष दिनेश चौधरी संग रुष्ट बनेका छन । हुलाकी मार्गमा पर्ने गाउँपालिकाको योजनामा नपरेको सोही हुलाकी बाटोमा करिब २०० मिटर नाली खनिदिएर दुख दिएको गुनासो आएपछि सासंद शाहले सोमबार सोही नालीको अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा शाहले गाउँपालिकाले सोही नालीका लागि बजेट नछुट्याएको केन्द्रिय बजेटमा बन्ने नाली र बाटोमा अध्यक्ष चौधरीले दादा गिरी शैलिमा केन्द्रिय योजना माथि हस्तक्षेप गरेको बताएका छन । घर अगाडी नाली खनेर अस्त व्यस्त रुपमा छाडिएपछि स्थानीय पिडित पक्षले सुचनाको हक प्रयोग गरि के कति कारणले नाली खनेर अस्त व्यस्त रुपमा छाडिएको हो भन्ने सुचना लिखित रुपमा माग गर्न वडा कार्यालय पुग्दा अध्यक्ष चौधरीले निवेदन दर्ता गर्न नमानेको आरोप स्थानियले लगाएका छन ।

विजयनगर गाउँपालिका वडा नं. ७ लालपुरमा बालगोविन्द चौधरीको घर देखि राधेश्याम कोरीको घर सम्म खनिएको नाली अस्तव्यक्त रुपमा छाडेको अनुगमनका क्रममा पाइएको सासंद शाहले बताएका छन । गाउँमा जम्मा हुने पानीलाई निकासका लागि खनिएको नाली भए पनि अव्यवस्थित रुपमा छाडिनु गलत भएको जसले गर्दा नाली संग जोडिएका घरहरुका परिवारहरुलाई आवतजावत गर्न समस्या हुने नाली खुल्ला ,फराकिलो र गहिरो भएकाले आवतजावत गर्दा दुर्घटना हुन सक्ने भएकोले नाली खनिसकेपछि व्यवस्थापन वडा अध्यक्षले नै गर्नु पर्ने यदि नगरेमा अदालत सम्म समस्या पुराउने सासंद शाहले बताए ।

यता वडा अध्यक्ष चौधरीले गाउँको माथि आरसिसि गरिएको र नालीको निकासका लागि गाउँपालिकाको बजेट नभएपनि स्थानियको आर्थिक सहयोगमा नाली खनिएको बताएका छन । नालीको निकास ननिकाले गाउँ नै पुरै डुवानमा पर्ने भएकोले केन्द्रिय बजेट नपर्खि नाली खनिएको उनले बताए । अध्यक्ष चौधरीले भने “नालि खनियो गाउँका २ \४ जना बहेक सबैले नाली निकास गरिदिनको लागि गाउँभेला गरेर म कहाँ आए अनि मैले गाउँकै सहमतिमा नालि खनाएको हो” ।

अब नाली निर्माणका लागि आफु संग बजेट नभएको र गाउँपालिकाले पनि केन्द्रिय योजना हुनाले बजेट नछुट्याउने हुदाँ नाली अलपत्र परेको उनले बताए ।गाउँको समस्या हटाउने उद्देश्य स्वरुप काम गरिरहेकोले यदि गैरकानुनी भए कारवार्ही भोग्न तयार रहेको अध्यक्ष चौधरीले वताए ।वाडवासीको समस्या वुझेर काम गरिरहेको वताउदै अध्यक्ष चौधरीले केहि व्यक्तिहरुका कारण गाउलले दुख पाउने अवस्था नदिने जनाए ।

(https://www.smallhandsbigart.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने
फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने
१६० भन्दा धेरै सर्पले टोक्दा पनि कुनै असर नहुने यी व्यक्ति
१६० भन्दा धेरै सर्पले टोक्दा पनि कुनै असर नहुने यी व्यक्ति
सुरु भयो काठमाडौँ औद्योगिक व्यापार, पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव
सुरु भयो काठमाडौँ औद्योगिक व्यापार, पर्यटन तथा वृहत सांस्कृतिक महोत्सव
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
ऐना साक्षी राखेर अभिनेता खनालले भने ‘आँखामा राखे पनि नबिझाउने मान्छे हुँ’
आईपीएल : पन्जाबको जित, गुजरात पराजित
आईपीएल : पन्जाबको जित, गुजरात पराजित
एक सातादेखि बालिका बेपत्ता
एक सातादेखि बालिका बेपत्ता
लागुऔषध गाँजासहित भारतीय पक्राउ
लागुऔषध गाँजासहित भारतीय पक्राउ
एनसेल मुख्यालय बम काण्ड : कर्मचारी सहित शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा
आजको राशीफल
आजको राशीफल

तपाईंले छुटाउनुभयो कि?