धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
४६ पटक हेरिएको
Shares
धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास

सारांश

  • २२ जेठ, काठमाडौं ।
  • धूमकेतु सोमबार पृथ्वीनजिकै देखिने भएको छ ।
  • वैज्ञानिकहरुको अनुसार, धूमकेतु जोनसन नामको धूमकेतु पहिलोपटक पृथ्वी नजिकै देखिन लागेको हो ।

२२ जेठ, काठमाडौं । धूमकेतु सोमबार पृथ्वीनजिकै देखिने भएको छ । वैज्ञानिकहरुको अनुसार, धूमकेतु जोनसन नामको धूमकेतु पहिलोपटक पृथ्वी नजिकै देखिन लागेको हो ।

वैज्ञानिकहरुले धूमकेतु पृथ्वीनजिक देखिने यो अन्तिमपटक भएको समेत बताएका छन् ।

यो पृथ्वीको सबैभन्दा नजिक रहँदा १२, १३, ३९ र ७८६ किलोमिटरको दूरीमा रहने वैज्ञानिकहरुले बताएका छन् ।

नेपालमा यो दुर्लभ खगोलीय घटनालाई नियाल्ने व्यवस्था एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले गरेको छ । नासोले अंकुर विद्याश्रम, विजयचोक गौशालामा यसको अवलोकन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

वैज्ञानिकहरुले यसलाई अवसरको रुपमा लिएका छन् । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डल उत्पत्तिका अवशेष भएकाले पृथ्वीनजिक आउँदा धेरै रहस्य खोतल्न सजिलो हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?