नयाँ शक्ति पार्टी नेपालका पुर्व संयोजक मृत भेटिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नयाँ शक्ति पार्टी नेपालका पुर्व संयोजक मृत भेटिए

सारांश

  • जुम्ला,  २१ साउन।
  • आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएका नयाँ शक्ति पार्टी नेपालका पुर्व संयोजक राधाकृष्ण बुड्थापा जुगाड खोलामा मृत अवस्थामा फेला परेका छन् ।
  •  बुड्थापको शवलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएकाे छ ।

जुम्ला,  २१ साउन। आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएका नयाँ शक्ति पार्टी नेपालका पुर्व संयोजक राधाकृष्ण बुड्थापा जुगाड खोलामा मृत अवस्थामा फेला परेका छन् । बुड्थापको शवलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएकाे छ ।

नयाँ शक्ति पार्टी जुम्लाका संयोजक नरेन्द्रनाथ योगीले बुड्थापाको षड्यन्त्रपूर्वक हत्या भएको दावी गरेका छन् । योगीले घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा छानविन गर्न, दोषीलाई पक्राउ गर्न र कडा भन्दा कडा कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । साथै दोषीलाई पक्राउ गरी कारवाही अगाडि नबढाएसम्म शव नबुझ्न पनि नयाँ शक्तिले परिवारजनलाई अनुरोध गरेको छ ।

जुम्ला प्रहरीका अनुसार सनराइज होटल सञ्चालकसहित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?