कतारमा नेपालीको रोजगारी गुम्ने खतरा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०७४
|
|
२० पटक हेरिएको
Shares
कतारमा नेपालीको रोजगारी गुम्ने खतरा !

सारांश

  • काठमाडौं ।
  • करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रुपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् ।
  • मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् ।

काठमाडौं । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रुपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् ।

अरबी क्षेत्रमा अस्थिरता ल्याएको इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरु कतारसँग क्रूद्ध बनेका हुन् ।
९ वर्षमा पौने १० लाख नेपाली कतार पुगेको वैदेशिक रोजगार विभागमा तथ्यांक छ । सात मुलुकले कतारसँग सम्बन्ध तोड्दा उसको अर्थतन्त्र कमजोर हुने र फर्काउन सक्ने सम्भावना छ ।

अर्कातर्फ कतारले विदेशी कामदार लैजान कम गर्यो भने पनि त्यसको असर नेपालीलाई नै पर्नेछ । कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

चार राष्ट्रले किन गरे कतारसँग सम्बन्ध विच्छेदको घोषणा ?

साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारसँगको कुटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका छन ।

कतारले चरमपन्थी समूह इस्लामिक स्टेट, अल कायदा र मुस्लिम ब्रदरहुडजस्ता संगठनलाई सघाएको आरोप लगाउँदै यी राष्ट्रले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् ।

खाडी क्षेत्रका यी राष्ट्रले आफनो मुलुकको सम्प्रभुतामाथि समेत कतारले हस्तक्षेप गरेको आरोप लगाएका छन । कतारले भने आफुमाथि लगाइएको आरोप निराधार भएको बताएको छ ।

साउदी अरबले कतारसँगको जल, स्थल र हवाई सीमा बन्द गरेको छ । इजिप्टले पनि कतारसँगको जल र हवाई सीमा बन्द गरेको छ । संयुक्त अरब इमिरेट्सले कतारका कुटनीतिज्ञलाई देश छाड्न ४८ घन्टाको समयसीमा दिएको छ ।

खाडी क्षेत्रका महत्वपूर्ण राष्ट्रले कतारसँगको सम्बन्ध तोड्नुलाई विश्लेषकले अर्थपूर्ण बताएका छन । घोषणाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबललाई असर पार्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?