मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते
सारांश
- दाङमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
- तीन जना घाइते भएका छन् ।
- रा २ प ७५३७ नंको मोटरसाइकल र रा २ प ८४२५ नंको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङमा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
रा २ प ७५३७ नंको मोटरसाइकल र रा २ प ८४२५ नंको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृत्यु हुनेमा राप्तीका ३५ वर्षीय देवलाल चौधरी रहेका छन् । घाइतेहरुको कोहलपुर मेडिकलमा उपचार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया