जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री डा महत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०८०
|
|
४० पटक हेरिएको
Shares
जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री डा महत

सारांश

  • काठमाडौं ।
  • अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएक छन् ।
  • उनले भने“निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ ।

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएक छन् ।

उनले भने“निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ । ” प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै अर्थमन्त्री डा महतले भयरहित तवरले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट छ भने। उनले आफूले लोकतन्त्र र गणतन्त्र एवम् निर्वाचन पद्धतिका लागि लामो सङ्घर्ष गरेको स्मरण समेत गरे ।

जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालय हुँदा सरकारको प्रभाव पर्ने हो कि भन्ने पर्न गएकामा त्यसमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले भने, “लोकतन्त्र, गणतन्त्र र विधिको शासनका पक्षमा लडेका हामीले निर्वाचनको निष्पक्षताका विरुद्ध उभिन्छौँ भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ । निर्वाचन कार्यालयहरु जिल्ला जिल्लामा छन् । ती कार्यालयहरु त्यसरी नै चल्नेछन् । कुनै आशङ्का नराख्न म अनुरोध गर्दछु ।”

जिल्ला निर्वाचन कार्यालयसम्बन्धी व्यवस्था यथावत् नै रहेको उनले सदनलाई जानकारी गराए । विगतको जस्तो व्यवस्था त्यस्तो हुँदा नै निर्वाचन आयोगको स्वतन्त्रता कायम रहने अर्थमन्त्री डा महतको भनाइ छ । त्यसअघि नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले निर्वाचन कार्यालयका सम्बन्धमा स्पष्ट व्यवस्था नभएको जनाउँदै सदनमा विरोध जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रधानमन्त्री पोख्ररेल
विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रधानमन्त्री पोख्ररेल
नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर
नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प
मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प
रानीपोखरीः रु साढे दुई करोड व्यर्थ खर्च
कांग्रेस बैठक एक साता लम्बिने, नेताहरु आलोचना र बचाउमा व्यस्त
कांग्रेस बैठक एक साता लम्बिने, नेताहरु आलोचना र बचाउमा व्यस्त
यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक
यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
छोरीहरु ढुक्कसाथ हिड्न सकुन्, ‘निर्मलालाई न्याय देऊ’, ‘बलात्कार विरुद्धको रोष’ अभियान
छोरीहरु ढुक्कसाथ हिड्न सकुन्, ‘निर्मलालाई न्याय देऊ’, ‘बलात्कार विरुद्धको रोष’ अभियान

तपाईंले छुटाउनुभयो कि?