सप्तकोशीमा ट्रक खस्दा २ को मृत्यु, ७ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सप्तकोशीमा ट्रक खस्दा  २ को मृत्यु, ७ जना घाइते

सारांश

  • अस्बिन खड्का, ६ असार ।
  • स्काईभेटर बोकेर विराटनगर आउँदै गरेको ट्रक सप्तकोशी नदीमा पल्टिएको छ।
  • मकवानपुरको हेटौंडाबाट  विराटनगर आउँदै गरेको ट्रक पल्टिँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ।

अस्बिन खड्का, ६ असार । स्काईभेटर बोकेर विराटनगर आउँदै गरेको ट्रक सप्तकोशी नदीमा पल्टिएको छ।

मकवानपुरको हेटौंडाबाट  विराटनगर आउँदै गरेको ट्रक पल्टिँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ।  भने अन्य ७ जना घाइते भएका छन्।

घाइतेमध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका मृतकको हालसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमरीयाले बताए।

चिमरीयाका अनुसार घाइते हुनेहरूमा गौरादह–५, झापाका सन्तोष अधिकारी, टंकीसिनुवारी, मोरङका शुक्रराज लामा, हेटौंडा, मकवानपुरका आइत सिंह पुर्जा, महेन्द्रनगर, सुनसरीका मोतीराज विश्वकर्मा, सुन्दरहरैचा–७, मोरङ्गका कृष्ण चौधरी, कटारी, उदयपुरका हरि मगर र विराटनगर, मोरङका राजकुमार मण्डल रहेका छन्।

घाइतेहरुको सुनसरी जिल्ला अस्पताल, इनरुवामा उपचार भइरहेकोमा १ जनालाई विराट नर्सिङ होममा पठाइएको छ भने बाँकी घाइतेलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?