आरआर क्याम्पसमा पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १५, २०७३
|
|
११५६ पटक हेरिएको
Shares
आरआर क्याम्पसमा पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार

सारांश

  • राजधानीको आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोल्न खोज्ने अराजक समूहले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका छन् ।
  • फोटो पत्रकार क्लबका महासचिवसमेत रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेल, कान्तिपुरका केशव थापा लगायतका पत्रकारहरु बसेको ठाउँमा चुनाव बिथोल्ने समूहले पेट्रोल बम प्रहार गरेको हो ।
  • पेट्रोल बम खुट्टानेर पड्किएपछि प्रहरीले आक्रमणकारीलाई पद्मोदय मोडसम्म लखेटेको छ ।

राजधानीको आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोल्न खोज्ने अराजक समूहले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका छन् ।


फोटो पत्रकार क्लबका महासचिवसमेत रहेका अनलाइनखबरकर्मी श्रीधर पौडेल, कान्तिपुरका केशव थापा लगायतका पत्रकारहरु बसेको ठाउँमा चुनाव बिथोल्ने समूहले पेट्रोल बम प्रहार गरेको हो । पेट्रोल बम खुट्टानेर पड्किएपछि प्रहरीले आक्रमणकारीलाई पद्मोदय मोडसम्म लखेटेको छ ।

माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीले मतदान बिथोल्नका लागि विहानैदेखि मतदानस्थलमाा ढुंगा प्रहार गरिरहेका थिए ।

ढुंगा प्रहारको फोटो अनलाइनखबरमा प्रकाशित भएपछि उनीहरुले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका हुन् । अखिल क्रान्तिकारीका ३ प्रदेश संयोजक बिजय गौतमले भने मतदान बिथोल्न ढुंगा प्रहार गरिएको स्वीकारे पनि पेट्रोल बम आफूहरुले नहानेको बताए ।

प्रहरीले पत्रकारलाई लक्षित गरेर पेट्रोल बम हानिएपछि पत्रकारहरुलाई सुरक्षित स्थानमा गइदिन आग्रह गरेको छ । करीव ५०/६० जनाको संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले बाल्मिकी क्याम्पस अगाडि रोकेर राखेको छ ।

उनीहरुले केपी ओली र एमालेविरुद्ध नाराबाजी गरिरहेका छन् । ९ विद्यार्थी संगठनको बिरोध भनिए पनि प्रदर्शनकारीले अखिल क्रान्तिकारीको चिन्ह अंकित कपडा बेरेका छन् ।

क्यम्पसका नियमित बिद्यार्थीलाई प्रहरीले परिचयपत्रका आधारमा मतदान स्थलमा प्रवेश गराइरहेको छ भने अन्यलाई क्याम्पस परिसरमा प्रवेश गर्न रोकिएको छ ।

मतदानस्थल बाहिर एमाले सम्बद्ध अनेरास्ववियु र कांग्रेस सम्बद्ध नेविसंघका उम्मेदवारहरुले लाइनमा उभिएर मतदातासँग मत मागिरहेका छन् । अखिल क्रान्तिकारीले चुनाव हार्ने भएकाले मतदान बिथोल्न खोजेको आरोप नेविसंघ र अखिलका उम्मेदवारहरुले लगाएका छन् ।

मानविकी संकायको सबैभन्दा ठूलो यस क्याम्पसमा पटक पटक विवादका कारण निर्वाचन हुन सकेको थिएन । सर्बोच्च अदालतको आदेशपछि क्याम्पस प्रशासनले मंगलवार निर्वाचन गराएको हो ।

निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रवहादुर शाही सभापति रहेको प्यानल खडा भएको छ भने नेविसंघबाट उत्तमवहादुर साउदको प्यानल प्रतिस्पर्धामा छ । अखिल क्रान्तिकारीले ध्रुवराज वाग्लेको प्यानल खडा गरेको छ । क्रान्तिकारीले भने मतदानमा भाग नलिन विद्यार्थीलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
पोष्टर्मको लागि समय लाग्ने भएकोले श्रद्धाञ्जली कार्यक्रम भोलि विहान ८ बजेसम्म स्थगित्
अथ….लुते महात्म्य, नरेन्द्रजंग पिटर उवाच
अथ….लुते महात्म्य, नरेन्द्रजंग पिटर उवाच
काठमाडौंमा हुस्सु, बादल र पानी पर्ने सम्भावना छ कि छैन ?
काठमाडौंमा हुस्सु, बादल र पानी पर्ने सम्भावना छ कि छैन ?
बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !
बाबुराम भट्टराई जो ‘फुल टाइमर’ प्रधानमन्त्री !
आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन
आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन
खानेपानी ट्याङ्कीमा शव फेला
खानेपानी ट्याङ्कीमा शव फेला
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
जातीय भेदभाव तथा छुवाछूत विधेयक सर्वसम्मतिले स्वीकृत !
वन्यजन्तुका कारण सात किसानलाई राहत वितरण
वन्यजन्तुका कारण सात किसानलाई राहत वितरण
अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता
अस्पतालमा मृतक श्रीमती छाडेर पति बेपत्ता

तपाईंले छुटाउनुभयो कि?