जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
जंगली जनावरलार्इ पासाे थापेकाे गोली मान्छेकाे खुट्टामा लागेपछि…

सारांश

  • दाङ , ९ असार ।
  •   जंगली जनावरलार्इ पासाे थापेकाे गोली लागेर दुईजना घाइते भएका छन् ।
  • बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दंगिशरण गाउँपालिका–१, मा रहेको कनरिया सामुदायिक वनमा राखिएको बन्दुकको गाली लागेर फुर्केसल्लीका २० वर्षका कृष्णकुमार घर्ती र २५ वर्षका भीम घर्ती घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ ।

दाङ , ९ असार ।  जंगली जनावरलार्इ पासाे थापेकाे गोली लागेर दुईजना घाइते भएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दंगिशरण गाउँपालिका–१, मा रहेको कनरिया सामुदायिक वनमा राखिएको बन्दुकको गाली लागेर फुर्केसल्लीका २० वर्षका कृष्णकुमार घर्ती र २५ वर्षका भीम घर्ती घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ ।

इप्रका तुलसीपुरका डीएसपी प्रकाश सापकोटाका अनुसार शुक्रबार बेलुकी हराएका गोरु खोज्न गएका बेला बन्दुकको एम्बुस पड्किँदा दुवै जनाको खुट्टामा गोली लागेको छ ।

घाइते मध्ये भीमको खुट्टामा गम्भीर चोट लागेको छ । उनीहरूलाई राप्ती अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

प्रहरीले घटनास्थलबाट एकथान भरूवा बन्दुक र गुलेली बरामद गरेको छ । बन्दुकको एम्बुस थापेको आरोपमा प्रहरीले दंगिशरण १ बाँकीबेटारपुरका बिजुली डाँगीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका डाँगीले एम्बुस थापेको स्विकार्दै बन्दुक फुर्केसल्लीका चन्द्रबहादुर खत्रीको भएको बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?