जब ज्योति मगर सेक्सि अवतारमा जेल पुगे पछि….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १६, २०७३
|
|
३१५ पटक हेरिएको
Shares

सारांश

  • इटहरी: चारैतिर ठूला र बलिया पर्खाल अनि सुरक्षाकर्मीको कडा सुरक्षाव्यवस्था रहेको झुम्का कारागारबाट त्यहाँका कैदीबन्दी र गतिविधि हतपती बाहिरिँदैनन्।
  • तर, सोमबार भने कारागारभित्रको सांगीतिक कार्यक्रम अनि दर्शकको रूपमा रहेका कैदीबन्दीले गरेको हुटिङको आवाजलाई केहीले छेक्न सकेन।
  • लामो समय निरस र एकोहोरो जीवन बिताइरहेका कैदीबन्दी दिनभर नाचगान गर्दै रमाउँदै थिए।

इटहरी: चारैतिर ठूला र बलिया पर्खाल अनि सुरक्षाकर्मीको कडा सुरक्षाव्यवस्था रहेको झुम्का कारागारबाट त्यहाँका कैदीबन्दी र गतिविधि हतपती बाहिरिँदैनन्। तर, सोमबार भने कारागारभित्रको सांगीतिक कार्यक्रम अनि दर्शकको रूपमा रहेका कैदीबन्दीले गरेको हुटिङको आवाजलाई केहीले छेक्न सकेन। लामो समय निरस र एकोहोरो जीवन बिताइरहेका कैदीबन्दी दिनभर नाचगान गर्दै रमाउँदै थिए। झन्डै दुई सय कैदीबन्दी सहभागी कार्यक्रमको बीचबीचमा उद्घोषकद्वय जीबी गजल र चन्दा खड्काका व्यंग्यात्मक गजलमा हुटिङ सुनिन्थ्यो। कार्यक्रममा माण्डवी त्रिपाठीले ‘ढल्क्यो ढल्क्यो…’, ‘सिम्पल कान्छीको डिम्पल पर्ने गाला…’ गीतमा कैदीबन्दीलाई भरपूर नचाइन्। थकाइ मार्न नपाउँदै आइपुगिन्
jyoti-magar2222
ज्योति मगर। आधा तिघ्रा देखिने छोटो कालो पोसाकमा मञ्चमा देखिएकी उनले दर्शकदीर्घामै गएर आफूसँगसँगै दर्शकलाई उफारिन्। उनका गीतभन्दा उनले दर्शकलाई देखाउँदै गरेका ‘ननभेज’ कुराकानीले बढी दर्शक तानेको थियो। ‘मलाई त जेन्टलम्यानभन्दा पनि ब्याड ब्वाइहरू मन पर्छ’, दर्शकदीर्घामा नाचिरहेका युवालाई देखाउँदै उनले भनिन्,‘१२ वर्षको जस्तो देखिन्छ तर पनि जीउडाल त मिलेकै छ।’ युवाहरूलाई आई लभ यु भन्दै उनले भीडमा रुमाल मागिन्। कोही नआएपछि भनिन्,‘आउने हिम्मत छैन कि क्या हो? ’ ‘नयनमा गाजल कालै राम्रो…’, ‘जिम्माल बाउकी छोरी…’ लगायतका गीत गाएपछि दर्शकले वन्समोर भन्दाभन्दै पनि उनी बिदा भइन्। जाँदाजाँदै उद्घोषिका चन्दा खड्कालाई देखाउँदै उनले थपिन्, ‘चन्दाको फिगर कोकाकोला, मेरो जम्बो कोला, त्यसैले धेरैलाई पुग्छ।’ दसैं, तिहार, नेपाल संवत् तथा छठको अवसरमा झुम्का कारागारको ब्लक एका कैदीहरूको मनोरञ्जनका लागि गरिएको कार्यक्रममा ज्योति मगर, माण्डवी त्रिपाठीका अतिरिक्त गायक यम बराल, सुमित खड्का, अर्पणा श्रेष्ठ, सिर्जना तामाङ, मिलन अमात्यलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको अन्तिममा गीत गाएका बरालले ‘निष्ठुरीले छाडेर गैहाली…’, ‘बादलुको घुम्टोले …’, ‘मायाले यस्तरी मा¥यो… ’ लगायतका गीत गाएका थिए। केही दिनअघि कारागारको ब्लक बीमा पनि यस्तै सांगीतिक कार्यक्रम गरिएको थियो।

श्रोत: कैदी/बन्दी झुम्का कारागार

(nuttyscientists.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?