आज आइतबारको विश्वकपमा यी देश खेल्दैछन्
सारांश
- काठमाडौं, १० असार – रसियामा चलिरहेको विश्वकप फुटबलमा आज आइतबार ३ वटा खेल हुँदैछन् ।
- २१ औं संस्करण फिफा विश्वकप फुटबलमा आज समूह चरणको दोस्रो राउन्ड अन्तर्गत पहिलो खेल समूह ‘जी’ मा रहेका इङ्ल्याण्ड र पानामाबीच हुँदैछ।
- नेपाली समयअनुसार पहिलो खेल बेलुकी पौने ६ बजेदेखि शुरु हुनेछ ।
काठमाडौं, १० असार – रसियामा चलिरहेको विश्वकप फुटबलमा आज आइतबार ३ वटा खेल हुँदैछन् । २१ औं संस्करण फिफा विश्वकप फुटबलमा आज समूह चरणको दोस्रो राउन्ड अन्तर्गत पहिलो खेल समूह ‘जी’ मा रहेका इङ्ल्याण्ड र पानामाबीच हुँदैछ।
नेपाली समयअनुसार पहिलो खेल बेलुकी पौने ६ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरी पानामा बेल्जियमसँग ३–० ले हारेको थियो।
नेपाली समय अनुसार आज बेलुकी पौने ९ बजे समुह ‘एच’का जापान र सेनेगलले खेल खेल्नेछन्। जापानले पहिलो खेलमा कोलसिम्बयालाई २–१ र सेनेगलले पोल्याण्डलाई २–१ ले जितेका थिए ।
आजको अर्को खेल राति पौने १२ बजे पोल्याण्ड र कोलम्बियाबीच हुने भएको छ । अगाडिको यात्रा तय गर्न दुवै टोलीलाई खेल जित्नैपर्ने दबाब छ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Tasiruddin Mansoor
Thainks
Paudel Laxman
Aja japan le jetnu parcha