‘सयकडा दश’ को साथमा मनोज गजुरेलको जन्मदिन!

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
१६ पटक हेरिएको
Shares
‘सयकडा दश’ को साथमा मनोज गजुरेलको जन्मदिन!

सारांश

  • पोखरा, ३० वैशाख ।
  • वैशाख २९ गते हास्यव्यंग्य लेखक तथा कलाकार मनोज गजुरेलको जन्मदिन ।
  • आफ्नो डेब्यु फिल्म ‘सय कडा दश’को छायांकनका क्रममा पोखरामा रहेका उनलाई भ्याई नभ्याई थियो ।

पोखरा, ३० वैशाख । वैशाख २९ गते हास्यव्यंग्य लेखक तथा कलाकार मनोज गजुरेलको जन्मदिन । आफ्नो डेब्यु फिल्म ‘सय कडा दश’को छायांकनका क्रममा पोखरामा रहेका उनलाई भ्याई नभ्याई थियो ।

बिहान उनले पोखरेली सामाजिक संस्थाहरुसगँका प्रतिनिधि सगँ भेटघाट गरे । त्यहाँ उनले बि एन्ड ब्रोज मेजेन्मेन्ट कन्सल्टेन्सीुको ब्यबस्थापनमा विद्यार्थी निःशुल्क छात्राबृती र युवाहरुका लागि निशुल्क प्राबिधिक शिक्षाको घोषणा गरे ।

त्यसपछी आफ्नो युनिट सहित पोखरा बृद्धश्रम पुगे । त्यहाँ लगभग ८० जना असहाय, अशक्त र बेवारिसे जेष्ठ नागरिकलाई फलफुल तथा अन्य सहयोग सामाग्री हस्तान्तरण गरे । त्यहाँ उनले जेष्ठ नागरिक प्रतिको दायित्व, कर्तव्य र उत्प्रेरणा सहितका हास्य प्रस्तुतीले मनोरन्जन गराए ।साँझ उनी पोखरास्थित जैन केन्द्रमा पुगे । त्यहाँ उनलाई नेपाली जैन मुनि डा मणिभद्रले जन्मदिनको शुभकामना तथा आशीर्वाद लिए ।

दर्शन नेपाल क्रियशनुको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘१०० कडा १०’ को लेखन, निर्देशन रामशरण पाठकले गरेका हुन् । पाठकले भरोसाु वर्ल्ड कप इन नेपाप, ठेगान प्रेमगीत २, जस्ता सफल सिनेमाको निर्देशन गरिसकेका छन् ।

रज्जु प्रधान र उत्तम खत्री लगायतको निर्माण रहेको यो सिनेमा भ्रस्टाचार भर्सेस प्रेममा आधारित छ । राजाराम पौडेल, रबि डङ्गोल, रश्मि भट्ट, अमीत पोखरेल, उत्सब नेउपाने, अमृत ढुंगाना, करुणा श्रेष्ठ, बर्मेली नायिका सोनिया राईको अभिनय रहेको १०० कडा १० मा मनोज गजुरेल एउटा स्टेन्ड अप कमेडियनको रुपमा देखिदैछन् जो भ्रस्टाचारको बिरुद्दमा सदाचारको अभियान चलाई रहेको छ ।

चलचित्रको छयाङ्कन पोखरा, बन्दिपुर र काठमाण्डौमा भइ रहेको तथा मंसिरमा रिलिज गरिने कुरा प्रचार सम्योजक तथा एसिस्टेन्स डाईरेक्टर सुदिप पौडेलले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gita Prasad Dulal

    happy birth day

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?