कांग्रेस, नेकपा र राजावादीबाहेक सबै दलसँग एकता गर्ने नयाँ शक्तिको रणनीति
सारांश
- वैशाख २३, काठमाण्डौ ।
- नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज पार्टी एकता हुँदैछ ।
- पार्टी एकताबारे कुरा गर्दै नयाँ शक्तिका नेता गंगा श्रेष्ठले आफूहरुले बनाउने नयाँ दल नेपाली कांग्रेस र नेकपाको वैकल्पिक शक्ति हुने दावी गरेका छन् ।
वैशाख २३, काठमाण्डौ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज पार्टी एकता हुँदैछ । पार्टी एकताबारे कुरा गर्दै नयाँ शक्तिका नेता गंगा श्रेष्ठले आफूहरुले बनाउने नयाँ दल नेपाली कांग्रेस र नेकपाको वैकल्पिक शक्ति हुने दावी गरेका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले देश निर्माणका लागि बदलिएको परिस्थिनीमा नयाँ राजनीतिक समिकरणको आवश्यकता रहेकाले दुई दल एक हुन लागेको बताए ।
अहिले तत्काल फोरमसँग एकता भए पनि विस्तारै अन्य दलहरुसँग पनि एकताको प्रयास गरिने श्रेष्ठले बताए ।नेपाली कांग्रेस, नेकपा र राजावादीबाहेक अरु सबै दलसँग एकताको विषयमा छलफल भइरहेको श्रेष्ठले बताए ।एकतापछि सरकारबाट बाहिरिने वा बसिरहने भन्ने विषयमा छलफल हुने श्रेष्ठले बताए । सम्भव भएसम्म आज एकता घोषणा गर्नुअघि नै सरकारबाट बाहिरिने निर्णय पनि हुन सक्ने श्रेष्ठले बताए ।
प्रतिक्रिया