देशभर मदिरा बिक्रीमा प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २, २०७९
|
|
२७ पटक हेरिएको
Shares
देशभर मदिरा बिक्रीमा प्रतिबन्ध

सारांश

  • काठमाडौं।
  • सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ।
  • निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ।

काठमाडौं। सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ। निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ।

४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो।

उक्त निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ । मदिरा व्यवसायीलाई पनि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण नगर्न अनुरोध गरिएको छ।

(ausoma.org)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    ein binance Konto erstellen

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    sign up for binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?