आज आइतबारको विश्वकपमा यी देश खेल्दैछन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
आज आइतबारको विश्वकपमा यी देश खेल्दैछन्

सारांश

  • काठमाडौं, १० असार – रसियामा चलिरहेको विश्वकप फुटबलमा आज आइतबार ३ वटा खेल हुँदैछन् ।
  • २१ औं संस्करण फिफा विश्वकप फुटबलमा आज समूह चरणको दोस्रो राउन्ड अन्तर्गत पहिलो खेल समूह ‘जी’ मा रहेका इङ्ल्याण्ड र पानामाबीच हुँदैछ।
  • नेपाली समयअनुसार पहिलो खेल बेलुकी पौने ६ बजेदेखि शुरु हुनेछ ।

काठमाडौं, १० असार – रसियामा चलिरहेको विश्वकप फुटबलमा आज आइतबार ३ वटा खेल हुँदैछन् । २१ औं संस्करण फिफा विश्वकप फुटबलमा आज समूह चरणको दोस्रो राउन्ड अन्तर्गत पहिलो खेल समूह ‘जी’ मा रहेका इङ्ल्याण्ड र पानामाबीच हुँदैछ।

नेपाली समयअनुसार पहिलो खेल बेलुकी पौने ६ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरी पानामा बेल्जियमसँग ३–० ले हारेको थियो।

नेपाली समय अनुसार आज बेलुकी पौने ९ बजे समुह ‘एच’का जापान र सेनेगलले खेल खेल्नेछन्। जापानले पहिलो खेलमा कोलसिम्बयालाई २–१ र सेनेगलले पोल्याण्डलाई २–१ ले जितेका थिए ।
आजको अर्को खेल राति पौने १२ बजे पोल्याण्ड र कोलम्बियाबीच हुने भएको छ । अगाडिको यात्रा तय गर्न दुवै टोलीलाई खेल जित्नैपर्ने दबाब छ। 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tasiruddin Mansoor

    Thainks

    Comment Author

    Paudel Laxman

    Aja japan le jetnu parcha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?