सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो

सारांश

  • काठमाडौं १० असार ।
  • अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बल आगामी साउनदेखि नयाँ संरचनामा परिवर्तन हुने भएको छ ।
  • सरकारले सशस्त्र प्रहरी बल पुनःसंरचना गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब अर्ध सैनिक प्रकृतिको यो फौज पुरै फौजी संरचनामा जाने भएको छ ।

काठमाडौं १० असार । अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बल आगामी साउनदेखि नयाँ संरचनामा परिवर्तन हुने भएको छ ।

सरकारले सशस्त्र प्रहरी बल पुनःसंरचना गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब अर्ध सैनिक प्रकृतिको यो फौज पुरै फौजी संरचनामा जाने भएको छ ।

सशस्त्रको यो नयाँ संरचना कतिपय हकमा नेपाली सेनासँग हुबहु मिल्दोजुल्दोसमेत छ । मन्त्रिपरिषद्ले संगठन पुनःसंरचनासम्बन्धी प्रस्ताव पारित गरेको भन्दै कार्यान्वयनका लागि गृह मन्त्रालयले पत्र पठाएसँगै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले अहिले यसका लागि थप गृहकार्य गरिरहेको छ ।

गृहले पठाएको निर्देशनमा हाल विद्यमान पाँचवटा बाहिनीको संख्या वृद्धि गरी प्रत्येक प्रदेशमा बाहिनी संरचना स्थापना गर्ने तथा उपत्यकाका लागि छुट्टै बाहिनीको स्थापना गर्ने उल्लेख छ ।

यस्तै, हाल विद्यमान सीमा सुरक्षा कार्यालयलाई गणमा स्तरवृद्धि गर्ने, आवश्यकतानुसार प्राविधिक समूह गठन गर्ने, हाल विद्यमान रहेका बोर्डर आउट पोस्ट (बीओपी) को मौजुदा अनाश्रित संरचना हटाउने उल्लेख छ ।

गृहले देशका सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहनेगरी गुल्म स्थापना गर्नेसहितको निर्देशनसमेत दिइसकेको छ ।

यसका अतिरिक्त एक–एकवटा एकेडेमी, अस्पताल र स्टाफ कलेजको व्यवस्था गरिएको छ । राजधानी दैनिकका अनुसार गृह मन्त्रालयको यो परिपत्रसँगै अब प्रदेश ३ र प्रदेश ५ मा पनि सशस्त्र प्रहरी बलले बाहिनी खडा गर्नेछ । बाहिनीको नेतृत्व नायब महानिरीक्षक (डीआईजी) ले गर्दै आएका छन् ।

यस्तै, सशस्त्र प्रहरी बलको नयाँ संरचनामा महानगरीय सशस्त्र प्रहरी कार्यालय रहनेछैन । सशस्त्रले यो कार्यालयको नाम परिवर्तन गरी उपत्यका सुरक्षा कार्यालय राखिसकेको छ ।

पहिला अतिरिक्त महानिरीक्षक (एआईजी) ले नेतृत्व गर्दै आएको यो कार्यालयको नेतृत्व पनि अब डीआईजीले नै गर्नेछन् । स्रोतका अनुसार नयाँ संरचनाअन्तर्गत सशस्त्र प्रहरीमा अब बाहिनी आठवटाका अलावा शिक्षालय पाँचवटा, गण ३६ वटा र गुल्म ७७ वटा हुने भएका छन् ।

अहिले २७ गण, २१ सीमा सुरक्षा कार्यालय र ३८ गुल्म छन् । नयाँ संरचनामा सीमा सुरक्षा कार्यालयलाई पनि अब गणमा रूपान्तरित गरिने भएको छ । सशस्त्रमा अहिले कतिपय जिल्लामा गण र सीमा सुरक्षा कार्यालय दुवै छन् । अब भने एउटै मात्र गण रहनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
ज्ञानेन्द्रका कर्म र गिरिजाको आँटले शान्ति प्रक्रिया सम्भव : प्रचण्ड
दुई मन्त्रीद्वारा मतदान , एक स्थानमा तनाव
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै
अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै
प्रचण्ड र बाबुरामलाई पुर्बजनमुक्ति सेनाको प्रश्नै-प्रश्नहरुको चाङ
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
सञ्जीव पराजुलीको किन कर्के नजर रिलोडेड with Video
सञ्जीव पराजुलीको किन कर्के नजर रिलोडेड with Video
उदयपुरमा २ जना माथि करणी सम्बन्धि अनुसन्धान
उदयपुरमा २ जना माथि करणी सम्बन्धि अनुसन्धान

तपाईंले छुटाउनुभयो कि?