सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार

सारांश

  • गौशाला, ११ असार ।
  • महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् ।
  • जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताउनुभयो ।

गौशाला, ११ असार । महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् ।

जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताउनुभयो ।

चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास गर्ने बालबालिका गरिबीका कारण चाहिए जति खाना खान नपाएर कुपोषणका शिकार भएका छन् । त्यस्तै शहरी क्षेत्रका बालबालिका सन्तुलन मिलाएर खाना नखाएका कारण कुपोषणको शिकार भएका छन् ।

जिल्ला अस्पताल महोत्तरीले जिल्लाका बालबालिकामा फेला परेको कडा खालको र मध्यम खालको कुपोषण हटाउनका लागि जिल्ला अस्पताल जलेश्वरलगायत जिल्लाको अन्य करीब एक दर्जन विभिन्न अस्पताल तथा स्वास्थ्यचौकीमा विशेष कार्यक्रम लागू गरिएको छ ।

महोत्तरी जिल्लामा अहिले छ महिनादेखि ५९ महिना उमेर समूहका ७० हजार ६२५ जना

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    समृद्ध नेपाल । जय होस।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?