कोशी प्रदेशमा सरकार पुर्नगठनको तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २४, २०८१
|
|
१७ पटक हेरिएको
Shares
कोशी प्रदेशमा सरकार पुर्नगठनको तयारी

सारांश

  • काठमाडौं।
  • केन्द्रमा भएको नयाँ सत्ता समिकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुर्नगठन गर्ने तयारी गरिएको छ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा २८ गते नयाँ समिकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुर्नगठन हुने बताएका हुन्।

काठमाडौं। केन्द्रमा भएको नयाँ सत्ता समिकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुर्नगठन गर्ने तयारी गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा २८ गते नयाँ समिकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुर्नगठन हुने बताएका हुन्। सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभएपनि केन्द्रमा नयाँ समिकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने जानकारी दिए।

मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भएपनि केन्द्रको समिकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताए। नयाँ समिकरण अनुसार सरकार बनेपनि प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाइने उनको भनाइ छ।

कोशी प्रदेशमा गत बैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरुको समर्थनमा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री बन्नु भएको थियो। १० सदस्यीय कोशी प्रदेश सरकारमा एमाले बाहेक माओवादीका ३ जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै
कैलालीमा अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै
२ महिना बितिसक्यो, कहिले आउला ! समानुपातिक मतपरिणाम
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही
सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
रोल्पामा सभामुख अोनसरी घर्ती चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार
रोल्पामा सभामुख अोनसरी घर्ती चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार
कर्मचारीलाई प्रायोजनमा विदेश जान प्रतिबन्ध
कर्मचारीलाई प्रायोजनमा विदेश जान प्रतिबन्ध
मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि शुरु
मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि शुरु
दुई इन्जिन भएको विश्वकै ठूलो जेटको पहिलो परीक्षण उडान सफल
दुई इन्जिन भएको विश्वकै ठूलो जेटको पहिलो परीक्षण उडान सफल

तपाईंले छुटाउनुभयो कि?