नेता पक्रेको विरोधमा विद्यालय बन्द, मारमा बालबालिका

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
५२ पटक हेरिएको
Shares
नेता पक्रेको विरोधमा विद्यालय बन्द, मारमा बालबालिका

सारांश

  • चितवन, ११ असार ।
  • चितवनमा विद्यालय खुलेलगत्तै आइतबार र सोमबार दुई दिन निजी तथा सरकारी विद्यालयहरु बन्द भएका छन् ।
  • प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) का जिल्ला नेता पक्राउ गरेको भन्दै विरोधमा उक्त संगठनले जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आहृवान गरेका छन् ।

चितवन, ११ असार । चितवनमा विद्यालय खुलेलगत्तै आइतबार र सोमबार दुई दिन निजी तथा सरकारी विद्यालयहरु बन्द भएका छन् ।

प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) का जिल्ला नेता पक्राउ गरेको भन्दै विरोधमा उक्त संगठनले जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आहृवान गरेका छन् । विद्यालय वन्द भएपछि बालबालिकाहरु पढ्ने अधिकारबाट बञ्चित भएका छन् ।

अखिल क्रान्तिकारीले जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई क्रमशः रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पस र माडी बहुमुखी क्याम्पसबाट पढिरहेको समयमा गैर न्यायिक ढंगबाट प्रहरी प्रशासनले गिरˆतार गरेको भन्दै दुबै जनाको तत्काल रिहाइको माग गर्दै बन्द गरेको जनाएको छ ।

पक्राउ परेका विद्यार्थी नेता रिहाइ नभएसम्म आन्दोलन जारी रहने क्रान्तिकारीले जनाएको छ । तर, चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले पक्राउ परेका विद्यार्थी नेता तत्काल रिहा नगर्ने बताए । ‘उनीहरुलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको छ’ एसपी राठौरले भने, ‘चन्दा माग्ने, सार्वजनिक सम्पतीको क्षति गर्ने, स्काभेटरमा आगो लगाउने काम गरेकोले उनीहरुलाई पक्राउ गरिएको हो । ‘

विद्यालय बन्दप्रति सरोकारवालाको चासो 

विद्यालय बन्द भएपछि शिक्षा क्षेत्रसँग सम्बन्धित बिभिन्न संघसंगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय खुलाउन माग गरेका छन् । नेपाल शिक्षक महासंघले विद्यार्थीहरुको परीक्षाको मुखैमा  विद्यालय बन्द गरिनु उचित नभएको भन्दै विद्यार्थीका जायज मागलाई पूरा गर्न सम्वन्धित पक्षसँग माग गरेको छ ।

महासंघमा आवद्ध संघसंगठनहरु नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनले पनि बन्दको बिरोध गरेका छन् । यस्तै विभिन्न पेशागत संघसंगठनहरुले पनि जिल्लामा भैरहेको अनिश्चितकालीन शैक्षिक संस्था बन्दप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

चितवन जिल्ला अदालत बार एसोसियन, नेपाल पत्रकार महासंघ चितवन, नेपाल राष्ट्रिय अभिभावक संघ, संस्थागत विद्यालय अभिभावक संघ, प्याव्सन चितवन र इष्टु चितवनले संयुक्त विज्ञप्ति जारी गरी विद्यालय खोल्न दवाव दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी)लगायत आठ प्रतिपक्षी संयुक्त विद्यार्थी संगठनले माग पूरा नगरे तीन दिने शैक्षिक हड्ताल गर्ने धम्की दिएका छन् ।

सरकारले नागरिकको मौलिक अधिकार शिक्षालाई निजीकरण र व्यापारीकरण गरेको विरोधमा भन्दै शैक्षिक हड्ताल गर्ने बताएका छन् । नयाँ शक्ति पार्टीसहितका विद्यार्थी संगठनले असार १९ गते साँझ देशव्यापी मशाल जुलुस निकाल्ने र असार २०,२१ र २२ गते शैक्षिक आमहड्ताल गर्ने जनाएका छन् ।

शैक्षिक दलाल र माफियाको पक्षमा लागेर सरकारले शिक्षामा सिन्डिकेट लादेको आरोप उनीहरुको छ । आन्दोलनमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियू (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन
विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना
बृद्धाश्रम बन्यो पैसा कमाउने थलो
बृद्धाश्रम बन्यो पैसा कमाउने थलो
एभर्टनको रोमाञ्चक जित
एभर्टनको रोमाञ्चक जित
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो
कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो
ट्राफिक प्रहरीले गर्याे एक वर्षमा ३४ लाख ९५ हजार राजस्व संकलन
ट्राफिक प्रहरीले गर्याे एक वर्षमा ३४ लाख ९५ हजार राजस्व संकलन