केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०८०
|
|
५४ पटक हेरिएको
Shares
केन्द्र सरकारबाट कुन प्रदेश र महानगरले कति बजेट पाए ?

सारांश

  • काठमाडौं ।
  • सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ।
  • आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ। आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ७० लाख विनियोजन भएको छ। जसमध्ये चालु शीर्षकमा रू तीन खर्ब ३६ अर्ब ६७ करोड १० लाख र पुँजीगततर्फ रू ६३ अर्ब ४१ करोड ६० लाख विनियोजन भएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा जाने रकममध्ये समानीकरण अनुदानतर्फ रू एक खर्ब ४६ अर्ब दुई करोड चार लाख, सशर्त अनुदानतर्फ रू दुई खर्ब २७ अर्ब ६१ करोड ४५ लाख, विशेष अनुदानतर्फ रू १३ अर्ब २६ करोड ७३ लाख र समपूरक अनुदानतर्फ रू १३ अर्ब २६ करोड ७३ लाख विनियोजन भएको छ ।

सङ्घीय बजेटमा प्रदेशका लागि रू एक खर्ब पाँच अर्ब ६ करोड ६८ लाख र स्थानीय तहका लागि रू दुई खर्ब ९५ अर्ब दुई करोड दुई लाख विनियोजन भएको छ। वित्तीय हन्तान्तरणमार्फत् जाने रकममध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशले रू १६ अर्ब २७ करोड ३९ लाख र कोशी प्रदेशले रू १६ अर्ब ११ करोड ७० लाख बराबर बजेट पाएको छ ।

मधेसका लागि रू १३ अर्ब ४५ करोड ३५ लाख, बागमतीका लागि रू १५ अर्ब ८१ करोड २३ लाख, गण्डकीका लागि रू १३ अर्ब ६० करोड ४० लाख, लुम्बिनीका लागि रू १५ अर्ब ३८ करोड ४२ लाख र सुदूरपश्चिमका लागि रू १४ अर्ब ४२ करोड १९ लाख विनियोजन भएको छ ।

स्थानीय तहका लागि वित्तीय हन्तान्तरणमार्फत गएको रकममध्ये महानगरपालिकाका लागि रू १० अर्ब ३१ करोड ९८ लाख, उपमहानगरपालिकाका लागि रू १० अर्ब ४२ करोड २२ लाख, नगरपालिकाका लागि रू एक खर्ब ३१ अर्ब २१ करोड ४३ लाख र गाउँपालिकाका लागि रू एक खर्ब ४३ अर्ब छ करोड ३९ लाख विनियोजन भएको छ ।

महानगरपालिकामा गएको सङ्घीय अनुदानको बजेट हेर्दा सबैभन्दा धेरै पोखरा महानगरपालिकाले रू दुई अर्ब ७६ करोड ३२ लाख र काठमाडौँ महानगरपालिकाले रू दुई अर्ब १४ करोड ३१ लाख पाएका छन् ।

त्यसैगरी, विराटनगर महानगरपालिकाका लागि रू एक अर्ब १९ करोड २४ लाख, भरतपुर महानगरपालिकाका लागि रू एक अर्ब ७५ करोड तीन लाख, ललितपुर महानगरपालिकाका लागि रू एक अर्ब १३ करोड ८७ लाख र वीरगञ्ज महानगरपालिकाका लागि रू एक अर्ब ३३ करोड २१ लाख विनियोजन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमिसंग मिलेर पतिकाे घाटी थिचेर हत्या
प्रेमिसंग मिलेर पतिकाे घाटी थिचेर हत्या
प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यस्ता छन् गम्भीर आरोप !
प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यस्ता छन् गम्भीर आरोप !
लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!
लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!
अाज सउन २४ गते: कहाँ के-के घटना घटे?
अाज सउन २४ गते: कहाँ के-के घटना घटे?
राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल
राजपालाई चुनाव ल्याउनु नै सरकारको ठूलो सफलता हुनेछः मन्त्री मण्डल
मन्त्रिपरिषद बैठकमा ल्यापटप प्रयोग
मन्त्रिपरिषद बैठकमा ल्यापटप प्रयोग
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
रेशम चौधरीकाे बचाउमा बाेले महताे ‘आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह
छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह
पर्सामा थप १८ जनामा कोरोना पुष्टि
पर्सामा थप १८ जनामा कोरोना पुष्टि