पोखरामा पाँचदिने पटकथा लेखन तालिम शुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
३१ पटक हेरिएको
Shares
पोखरामा पाँचदिने पटकथा लेखन तालिम शुरु

सारांश

  • गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले मंगलवारदेखि पोखरामा पाँच दिने पटकथा लेखन तालिम शुरु गरेको छ ।
  • तालिमको उद्घाटन, समारोहका प्रमुख अतिथि आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले गर्नुभयो ।
  •   प्रमुख अतिथि सुनुवारले आदिवासी जनजाति चलचित्रहरु बैकल्पिक नभई यथार्थपरक चलचित्रहरु भएको बताउनुभयो ।

गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले मंगलवारदेखि पोखरामा पाँच दिने पटकथा लेखन तालिम शुरु गरेको छ । तालिमको उद्घाटन, समारोहका प्रमुख अतिथि आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले गर्नुभयो ।

 

प्रमुख अतिथि सुनुवारले आदिवासी जनजाति चलचित्रहरु बैकल्पिक नभई यथार्थपरक चलचित्रहरु भएको बताउनुभयो । नेपाली चलचित्रलाई मुलधार र आदिवासी जनजाति चलचित्रलाई बैकल्पिक मान्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । चलचित्र विकास बोर्डलाई आदिवासी जनजाति चलचित्रले समान अधिकार स्थापित भएको नीति बनाउनमा दवाव जरुरी रहेको भन्दै आदिवासी जनजाति मातृभाषा प्रवद्र्धन समितिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

 

हामीले प्रतिशतको आधारमा समान बजेटका माग गरे पनि नगन्य बजेट प्रदान गर्दै आएकोमा आपक्ति जनाउनुहुदै उहाँले सेन्सर, बजार प्रवद्र्धनको समस्या आदिवासी जनजाति चलचित्रहरुलाई रहेको बताउनुभयो । गुरुङ लगायत आदिवासी जनजाति चलचित्रहरुले लोप हुन लागेका भाषा, संस्कार सँस्कृति, पर्यटन प्रवद्र्धनमा योगदान पुर्याइरहेको उहाँको दावी थियो ।
कार्यक्रमका विशेष अतिथि आदिवासी जनजाति मातृभाषा प्रवद्र्धन समितिका सदस्य नौजङ्ग गुरुङले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुहुदै आगामी दिनमा बजेट बृद्धिको लागि पहल गरिने बताउनुभयो । अहिले प्राप्त ३० लाख रुपैया बजेटमा सबैलाई समान वितरण गरिएको बताउनुहुदै उहाँले सबैभन्दा धेरै चलचित्र निर्माण गर्ने गुरुङ चलचित्रकर्मीहरुका संस्था जिफानले उदाहरणीय कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

 

जिफानका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार माओत्से गुरुङले शुरुवाती समयमा केही नबुझी चलचित्र निर्माण गरिए पनि अहिले गुरुङ चलचित्रहरुले गुणस्तरीयता फड्को मारेको दावी गर्नुभयो । पाँच दिने तालिमले गुरुङ चलचित्रकर्मीहरुको लागि अत्यन्तै उपयोगी सावित हुने विश्वास उहाँको थियो । कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङ तालिम सफलताको शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजाति चलचित्र नै मुलधारको चलचित्रको रुपमा विकास भईरहेको बताउनुहुदै राज्यले समान व्यवहार गर्नुपर्ने बताउनुभयो ।

 

आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष युगबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तालिमले गुरुङ चलचित्रकर्मीहरुलाई परिष्कृत बनाउने बताउनु भयो । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरले शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजाति चलचित्रहरुले पर्यटन प्रवद्र्धनमा विशेष योगदान पुर्याइरहेको राज्यले बुझ्नुपर्ने बताउनुभयो ।

 

नेपाल चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विकले शुभकामना व्यक्त गर्नुहुदै नेपाली चलचित्रको स्कृष्ट लेखन अत्यन्तै कमजोर छ भन्ने टिप्पणीहरुलाई तालिमले मेटाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । जिफानका कार्यवाहक अध्यक्ष राजबहादुर गुरुङ राजेशको अध्यक्षता, कार्यवाहक महासचिव गमन घलेको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष गिरीप्रसाद गुरुङ स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन समारोहमा गुरुङ चलचित्रका नायिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

 

तालिम चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवद्धृन साितिको सहयोगमा सञ्चालन भएको हो । प्रमुख प्रशिक्षक अनुप सुवेदीको अगुवाईमा जेठ २७ गतेसम्म सञ्चालन हुने चलचित्र पटकथा लेखन तालिममा ३० जना गुरुङ चलचित्रकर्मीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नेविसंघको समय सकिंदै, विवाद हुँदा कार्यालयमै नाराबाजी
आज नेविसंघको समय सकिंदै, विवाद हुँदा कार्यालयमै नाराबाजी
कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेशको राजीनामा
कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेशको राजीनामा
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण
राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
प्रदेश १ मा २ कांग्रेस र ६ वामगठबन्धनका उम्मेदवार विजयी (नामावलीसहित)
शिवराज–१ खुल्ला दिशा मुक्त घोषणा
शिवराज–१ खुल्ला दिशा मुक्त घोषणा
कोपा अमेरिका: पानामाले अमेरिकालाई हरायो
कोपा अमेरिका: पानामाले अमेरिकालाई हरायो
आमा र मन्त्रालयको जिम्मेवारीमा ब्यस्त मन्त्री
आमा र मन्त्रालयको जिम्मेवारीमा ब्यस्त मन्त्री
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड
एक बेश्याका लागि जंगबहादुर राणाको एक रातको खर्च अढाई लाख पाउण्ड

तपाईंले छुटाउनुभयो कि?