आमा र मन्त्रालयको जिम्मेवारीमा ब्यस्त मन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
आमा र मन्त्रालयको जिम्मेवारीमा ब्यस्त मन्त्री

सारांश

  • काठमाडौँ,१९ पुस ।
  • बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे ।

काठमाडौँ,१९ पुस । बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे ।

कार्यकक्षमा रहेका एक आगन्तुकले “मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला” भनेपछि मन्त्री मगर छोरा समात्न पुग्नुभयो । “कति चकचक गरेको रु यता आउनुस्” भन्दै मगरले प्रणवलाई बोक्न खोज्नुभयो तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन विद्यालय बिदा भएका कारण मन्त्री मगरले सिंहदरबारस्थित मन्त्रालयमा कहिलेकाँहीसँगै लिएर जाने गर्नुहुन्छ ।

मन्त्री मगर कुर्सी छाडेर सोफामा बसेर आगन्तुकसँग कुरा गर्दा ती चार वर्षीय छोरा खेल्दैखेल्दै मन्त्रीको टेबलमाथि चढ्न पुगे । केहीबेरपछि कतै कार्यक्रममा बाहिर निस्कनुपर्ने जानकारी सचिवालयका कर्मचारीले दिइरहेका थिए । मन्त्री मगरले झोलाबाट छोराको स्वीटर निकाल्नुभयो । पाइट छाम्दा पिसाब गरेर भिजाइएको देखेपछि त्यो पनि फेरिदिनुभयो । “ल हेर त कतिखेर सुुसु गर्नुभएछ।” भन्दै छोरालाई कपडा फेर्न लाग्दा उहाँको कार्यकक्षमा पुगेका रासस प्रतिनिधिसँग मन्त्री मगरले भन्नुभयो, “आज बिदामा मन्त्रालय आएको भएर मैले एकछिन छोरा हेर्न पाएँ, घरमा हेर्न पनि भ्याइन्न । बहिनीहरुले सघाउँछन् ।”

आमाको भूमिका पूर्ण पालना गर्न नपाएको अनुभूतिसहित उहाँले भन्नुभयो, “म प्रायः बिहान चाँडै निस्कन्छु, छोरा सुतिरहेको हुन्छ । बेलुकी अबेर घरमा पुग्छु, ऊ सुतिसकेको हुन्छ ।” छोराको अहिलेको हालखबर सुनाइहँदा मन्त्री मगरले एक वर्षअघि पति विगोग हुँदा र निर्वाचनमा होमिँदा आफूलाई पीडा र कठिनाइ भएको स्मरण गर्नुभयो । “त्यसबेला मलाई कम्ता गाह्रो भएन, छोरा अझ सानो थियो” यति भनेर उहाँ रोकिनुभयो । एकछिनपछि प्रसङ्ग बदलेर मेलम्ची खानेपानी आयोजनाको कुरा गरियो । यही साता इटालियन कम्पनीसँग हुने औपचारिक वार्तापछि रोकिएको मेलम्चीको काम अघि बढ्ने उहाँले सुनाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बुहारीसमेत रहनुभएका मन्त्री मगर दाहाल निवास खुमलटारमा सगोलमा बस्दै आउनुभएको छ । मगरका पति नेकपाका युवा नेता प्रकाश दाहालको गत २०७४ मङ्सिर ३ गते हृदयाघातका कारण असामयिक निधन भएको थियो । त्यसबेला बीना प्रतिनिधिसभाका लागि कञ्चनपुर–१ बाट निर्वाचनमा होमिनुभएको थियो । शोकलाई शक्तिमा बदल्दै मतदातामाझ पुगेका मगरले संसद्मा जितेपछि पहिलो पटक मन्त्री हुनुभएको हो । वर्तमान मन्त्रिपरिषद्मा उहाँ सम्भवतः कम उमेरकी सदस्य हुनुहुन्छ ।

बीनाभन्दा अगाडिका प्रकाशका श्रीमती सिर्जना त्रिपाठीका छोरा प्रसिद्ध पनि खुमलटारमै बस्छन् । प्रसिद्ध अरुसँग भन्दा बीनासँग सुत्न मन पराउँछन् । दुवै छोरा खेल्ने र सँगै बस्ने गर्दा हजुरआमा सीता दाहाललाई मन बुझाउने मेसो मिल्ने गर्छ । समय मिलेको बेलामा हजुरबा पनि नातिहरुसँग रमाउने गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

दिवगङ्त प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा प्रकाशित स्मारिकामा बिनाले भावुक हँुदै पीडा व्यक्त गर्नुभएको छ, “अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ । तिमीलाई थाहा छ, सिरानीको तस्वीर देखाउँदै ‘बाबुको बुबा’ भन्छ । अनि, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ । तिम्रो प्यारो छोरा प्रणवले मलाई पटकपटक रुवाउँछ यसरी ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत
शिक्षित युवाले घरजग्गा राखेर ऋण लिने अवस्थाको अन्त्य : महेश बस्नेत
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
तस्कर र प्रहरीबिच झडप, प्रहरीले खोल्यो १० राउन्ड हवाई फायर
तस्कर र प्रहरीबिच झडप, प्रहरीले खोल्यो १० राउन्ड हवाई फायर
शोक प्रस्ताव पारित
शोक प्रस्ताव पारित
गुल्मी अपडेटः पहिरोमा पुरिएर ११ जनाको मृत्यु
गुल्मी अपडेटः पहिरोमा पुरिएर ११ जनाको मृत्यु
देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
किसानलाई पेन्सन र रासन कार्ड दिने हनुमाननगरका मेयरको पहिलो निर्णय
किसानलाई पेन्सन र रासन कार्ड दिने हनुमाननगरका मेयरको पहिलो निर्णय
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ
भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउने धम्की दिएका पुण्य गौतम पक्राउ

तपाईंले छुटाउनुभयो कि?