नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेपालि कांग्रेसकाे नयाँ थेगाे ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ’

सारांश

  • काठमाडौं,१२ असार ।
  •   कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् ।
  • पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।

काठमाडौं,१२ असार ।  कांग्रेसमा सभापति शेरबहादुर देउवा ७३ र वरिष्ठ नेता रामचन्द्र पौडेल ७४ वर्ष पुगेका छन् । पार्टी ओरालो लाग्दै गएको विषयलाई उनीहरूको उमेरसँग जोड्दै पछिल्लो पुस्ताका नेताहरू भन्छन्, ‘७० नाघेकाले अब विश्राम लिनुपर्छ ।’ तर, दुवैको छाँट त्यस्तो छैन ।

केही समयअघि नेता बालकृष्ण खाँणले दुवैलाई भने पनि ‘तपार्इंहरूसँग अझै नयाँ विचार केही छ भने त्यसलाई ल्याउनुहोस्, नत्र नेतृत्व हस्तान्तरणतिर लाग्नुहोस् ।’ जब नेतृत्व परिवर्तनको मुद्दा उठ्न थाल्छ, देउवा ९२ वर्षमा सत्तामा पुन: उदाएका मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन्छन् । कहिले ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको प्रसंग ल्याउँछन् ।

युवा नेताहरू भने अब ‘गर कि छाड’ को अडानमा पुगेका छन् । राज्यका तीनै तहका निर्वाचनमा पार्टी नराम्ररी हारेपछि उनीहरू शुद्धीकरणका लागि नेतृत्व परिवर्तनको जोडमा लागेका छन् । ‘उमेरमा ७० पुगेका र क्रियाशीलताका आधारमा २० वर्ष केन्द्रीय सदस्य भएकाले विश्राम लिने प्रावधान पार्टीको विधानमा राख्दा राम्रो हुन्छ,’ खाँणले भने । यस्तो मापदण्ड लागू भएमा ५८ वर्षीय खाँण अवकाश लिनेको सूचीमा पर्छन् । उनी केन्द्रीय सदस्य भएको १९ वर्ष नाघेको छ । ‘म सम्मानपूर्वक अवकाश लिन तयार छु,’ उनले कान्तिपुरसँग भने, ‘अरू सबै तयार हुनुपर्छ ।’

कांग्रेसमा उमेर हदको प्रसंग यस पटक मात्रै उठेको होइन । केहीअघि केन्द्रीय कार्यसमिति बैठकमै नेता प्रदीप गिरीले ७० वर्षे उमेर हद राख्न प्रस्ताव गरे । युवा नेता गगन थापाले जीवनको ऊर्जावान समयपछि राजनीतिबाट अलग हुनुपर्छ भन्ने मान्यता राख्दै ५५ वर्षमै आफू क्रियाशील राजनीतिबाट अलग हुने प्रतिबद्धता धेरैअघि राखेका हुन् ।

आफ्नो हकमा ५५ वर्षको हद तोके पनि सबैका लागि यही मापदण्ड बन्नुपर्छ भन्ने भनाइ नरहेको उनले बताए । खाँणकै प्रस्तावमा उनी सहमत छन् । ‘प्रवेश र जिम्मेवारीबाट अवकाश हुन पार्टीभित्र वैज्ञानिक व्यवस्थापन जरुरी छ,’ उनले भने, ‘कसरी बहिर्गमन गर्ने भन्ने व्यवस्थापन गर्न सकेनौं भने कोलाहल हुन्छ, समस्या आउँछ ।’

उनका अनुसार कि त कांग्रेस बेलायतको पद्धतिमा जानुपर्छ, नभए निश्चित उमेरपछि ‘रिटायर्ड’ लिने व्यवस्था हुनुपर्छ । बेलायतमा पार्टी पराजित हुँदा नेतृत्वले राजनीतिबाट विश्राम लिने प्रचलन छ । ‘बेलायतको बाटो हिँड्न नसक्ने भए हाम्रो परिवेशमा ७० वर्ष पुगेपछि राजनीतिबाट विश्राम लिने उपाय उपयुक्त हुन्छ,’ थापाले भने, ‘निर्वाचन हार्दा र जति उमेर पुग्दा पनि छाड्न नपर्ने भए नयाँ नेतृत्वको कहिल्यै उदय हुन सक्दैन ।’

देउवा र पौडेलको छहारीमा आफ्नो सुरक्षा देख्ने नेताको एउटा तप्का छ, जसले यिनलाई चाहेर पनि विश्राम लिन दिँदैन । पहिलो पुस्ताले बाटो नछाडिदिने हो भने दोस्रो पुस्ता सबभन्दा पीडित हुने देखिन्छ । यो पुस्ताले १४ औं महाधिवेशनमा अवसर नपाए १५ औंमा पुग्दा सबैको उमेर ७० देखि ७५ सम्म पुग्छ ।

नेतृत्वमा आउन दोस्रो पुस्तामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, रामशरण महत, विमलेन्द्र निधिलगायत अग्रसर छन् । एक पटक देउवा आफैं सभापतिको प्रतिस्पर्धा गर्न तम्तयार भएकाले संस्थापन पक्षमा नेतृत्वका लागि अन्य दाबेदार छैनन् । तर, संस्थापनइतर पक्षबाट धेरै यस प्रतिस्पर्धामा देखिन्छन् । पौडेल स्वयंको भित्री चाहना अन्तिम एक पटक सभापतिमै प्रतिस्पर्धा गर्नेछ । पौडेलको विकल्पमा शेखर, शशांक कोइराला र सिंह खरो रूपमा अघि बढेका छन् ।

१४ औं महाधिवेशनमा अवसर नपाएमा सिंह १५ औं महाधिवेशनमा पुग्दा ७० पुग्छन् । शेखर ७५ पुग्छन् भने शशांक ६८ वर्ष पुग्छन् । सिटौला र शेखर १४ औं महाधिवेशनमै ७१ वर्ष उमेरका हुनेछन् । ‘दोस्रो पुस्तालाई अब समयको सुविधा छैन, त्यसैले पनि नेतृत्वका लागि रस्साकसी १४ औं महाधिवेशनमा प्रबल बन्ने सम्भावना छ,’ कांग्रेसका एक नेता भन्छन् ।

उमेरमा ७० र केन्द्रीय कार्यसमितिमा २० वर्ष सदस्य भएको मापदण्ड लगाउँदा देउवा र पौडेलसहित दोस्रो पुस्ताका एक दर्जन बढी नेताहरूले ‘अवकाश’ पाउनेछन् । यस्तो हुँदा तेस्रो पुस्ताका नेताहरू नेतृत्वमा आउने सम्भावना बढ्छ । कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले तीन पुस्ताको प्रतिनिधित्व छ । पहिलो पुस्ताको नेतृत्व देउवा र पौडेलले गरेका छन् । दोस्रो पुस्तामा ६० देखि माथिका नेताहरू हावी छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ramu Paudel

    good

    Comment Author

    Hem Chhetrypachhai

    बरिष्ठ जेष्ठनागरिकलाई सम्मान ,,,,,,,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दीमा बाढीले चार घर पुरिए, सडक अवरुद्ध
म्याग्दीमा बाढीले चार घर पुरिए, सडक अवरुद्ध
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
यि महिलाले यसकारण पिउछिन कुकुरको पिसाब
यि महिलाले यसकारण पिउछिन कुकुरको पिसाब
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै
कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुनामुक्त
कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुनामुक्त
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
एसिया कपः नेपाल समूह चरणबाटै बाहिर !
एसिया कपः नेपाल समूह चरणबाटै बाहिर !
बालुवा चोरी गर्ने १३ ट्रक प्रहरी नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?