सिंगापुरमा भयो सीता दाहालको रोग पहिचान, अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता
सारांश
- काठमाडौं, १८ असार ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” जीवनसंगिनी सीता दाहालको उपचारपश्चात हिजो बेलुका ९ बजे स्वदेश फर्किएका छन् ।
- सिंगापुरस्थित एमटी.
काठमाडौं, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” जीवनसंगिनी सीता दाहालको उपचारपश्चात हिजो बेलुका ९ बजे स्वदेश फर्किएका छन् । सिंगापुरस्थित एमटी. एलिजाबेथ अस्पतालमा जीवनसंगिनी सीता दाहालको रोगको पहिचान गरी उपचारपश्चात स्वास्थ्य स्थितिमा राम्रो सुधार आएको छ ।
प्रचण्डका जीवनसंगिनी दाहाललाई Progressive Supranuclear Palsy (PSP)भएको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका छन् । तीन महिनासम्मको वाटर थेरापी र औषधि सेवनपछि रोगको निदान हुँँदै जाने चिकित्सकहरुको भनाइ रहेको छ । रोगको पहिचान भएको र निदान हुने कुराले उनी र उनको परिवारमा आशा जगाएको छ । विभिन्न स्थानमा गरिएको परीक्षणमा रोगको ठोस पहिचान हुन सकेको थिएन ।

प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Subhash Basnet
Nepali remittance sakyo parchanda raw oli la
Rk Paul Tmg
Congratulation madams
Tenzin Lama
Garipa ko borey kagarney
Rajendra Kumar Kc
Yinlai pani roag lagcha ra.