उदयपुर प्रहरी फेरि समात्यो लागूऔषध ओसारपसार गर्ने युवाहरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
उदयपुर प्रहरी फेरि समात्यो लागूऔषध ओसारपसार गर्ने युवाहरु

सारांश

  • अस्बिन खड्का उदयपुर, १८ असार ।
  • उदयपुरको महत्वपूर्ण नाकाको रुपमा रहेको लालपत्ता प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक शंकर खतिवडाको कमाण्डमा खटिएको टोलीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना १ ज ६८४९ नम्बरको माइक्रोबसलाई चेकजाँच गर्दा दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १० बस्ने १७ वर्षीय समीर मगर, सोही नगरपालिका वडा नं.

अस्बिन खड्का

उदयपुर, १८ असार । उदयपुरको महत्वपूर्ण नाकाको रुपमा रहेको लालपत्ता प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक शंकर खतिवडाको कमाण्डमा खटिएको टोलीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना १ ज ६८४९ नम्बरको माइक्रोबसलाई चेकजाँच गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १० बस्ने १७ वर्षीय समीर मगर, सोही नगरपालिका वडा नं. ११ बस्ने १७ वर्षीय मनिस कार्की रहेका छन् ।

पक्राउ परेका युवाहरुबाट डाईजोपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र लुपिजेसिक २३ एम्पुल फेला परेको र उनीहरुलाई हिजो नै जिल्ला प्रहरी कार्यालयमा पुराई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख नबराज भट्टले बताए । प्रनानि शंकर खतिवडाले प्रहरी अत्यन्त सक्रिय रहेको र कोही कसैले पनि प्रहरीको आँखा छलेर उदयपुरभित्र लागूऔषध भित्राउन नसक्ने दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?